TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

विकटका विद्यार्थी प्रविधिबाट बञ्चित : विमलेन्द्र निधि


विकटका विद्यार्थी प्रविधिबाट बञ्चित : विमलेन्द्र निधि

स्कुल अफ डेमोक्रेसी नेपालले ‘महामारी र शैक्षिक अन्यौलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयन’ विषयक  भर्चुअल अन्तरक्रियामा बोल्दै प्रमुख अतिथि एवं कांग्रेस उपसभापति विमलेन्द्र निधिले महामारीको शैक्षिक अन्यौलतालाई विभिन्न प्रविधिले सहयोग पुर्‍याएको बताए । तर, विकटका विद्यार्थी भने यो सेवाबाट वञ्चित हुनुपरेको उनको भनाइ छ।

कांग्रेस नेता एवं पूर्वशिक्षामन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान अवस्थाले विद्यार्थी र अभिभावक भविष्यप्रति चिन्तित रहेको बताए । सरकार र विश्वविद्यालयले अनलाइनबाटै नयाँ प्रविधिको प्रयोग गरी शैक्षिक गतिविधि सञ्चालन गर्न दीर्घकालीन योजना ल्याउनुपर्ने बताए। पूर्वशिक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता एनपी साउँदले सरकारलाई राजनीतिक किचलो गर्नुको साटो सम्पूर्ण ध्यान शिक्षा र स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा केन्द्रित गर्न सुझाव दिए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले त्रिविले महामारीमा अनलाइनबाट १ सय २५ वटा टिचिङ युनिटमा कक्षा सञ्चालन भइरहेको जानकारी दिए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा आफूहरूले १० वर्ष अगाडि नै इलेक्ट्रोनिक लर्निङ फर्म स्थापना गरिसकेको दाबी गरे । महामारी मात्रै नभइ अब सबै विश्वविद्यालले समयसापक्ष प्रविधिसँग साक्षात्कार गर्न सक्नुपर्ने उनको धारणा छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले शैक्षिक सत्र खेर नजाओस् भन्नका लागि बोर्डले सरकारलाई सुझाव दिएको बताए । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुन्य रेग्मीले भौतिकरुपमा विद्यार्थीलाई उपस्थित नगराइ विभिन्न संकायमा व्यावहारिक कक्षा र परीक्षा कुनै पनि हालतमा सञ्चालन गर्न नसकिने बताउँछन् । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादव प्रसाद लामिछानेले आफूहरूले यसअघि आयुर्वेद संकायको कक्षा र परीक्षा पनि अनलाइन माध्यमबाट नै गरेको बताउँछन् ।

पूर्वान्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले अनलाइन कक्षा र परीक्षा सञ्चालनका सम्बन्धमा आफूहरू तीब्र छलफलमा रहेको र चाडै निष्कर्षमा पुग्ने बताए । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले डिजिटल उच्च शिक्षा प्रणालीलाई अब सबैले ध्यान दिनुपर्ने बताए । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेम नारायण अर्यालले अबको शिक्षा प्रणाली सूचना प्रविधीमैत्री बनाउनुपर्ने र त्यसका लागि सरकारले बिशेष ध्यान दिनुपर्ने बताए । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपछि प्रा. डा. अम्म राज जोशीले सबल, सूचनाप्रवृधिमैत्री शिक्षा प्रणालीका लागि राज्यले अधिकतम बजेट र ध्यान शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

राजश्री जनक विश्वविद्धालयका उपकुलपति प्रा. डा. भरत झाले भर्चुअल कक्षा र परीक्षा सञ्चालन गर्न विभिन्न कारणले ४० प्रतिशत भन्दा बढी विद्यार्थीको सहभागिता नहुने देखिदै आएको बताए । कांग्रेस नेता एवं स्कुल अफ डेमोक्रेसिका अध्यक्ष नैनसिंह महरले शिक्षा र स्वास्थ्य जस्तो जनताको आधारभूत विषय राज्यको स्वामित्वमा राखेर जनपहुँचमा पुर्‍याउनुपर्ने धारणा राखे । नेपाल प्राध्यापक संघका अध्यक्ष बुद्ध थापाले सामुदायिक क्याम्पसमा अध्यापन गराउने प्राध्यापकहरूको अवस्था कहाली लाग्दो रहेकोमा सरकार भने त्यसप्रति उदाशिन रहेको उनले बताए । नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले सरकारको अकर्मण्यताका कारण दूरदराजमा रहेका विद्यार्थीहरू शिक्षाबाट बञ्चित भएको बताए । शिक्षक समुदायकाप्रति सरकार पूर्वाग्रहणी भएको उनको दुखेसो थियो ।

पाँच सय हाराहरीमा उपस्थित रहेको भर्चुअल कार्यक्रममा युवा नेतृ विमला राई, मनोज शाह र बिष्णु बडैलालगायतले शिक्षा सुधारका बारेमा आफ्नो धारणा राखेका थिए।

Previous Post

दाइजो नदिएको निहुँमा नवदुलहीमाथि कुटपिट

Next Post

प्रदेश २ का मुख्यमन्त्री राउत र अर्थमन्त्री विजय यादवसहित जसपाका २० जना कार्यकारिणी समितिबाट ‘आउट’

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर