धनुषाको सिमावर्ती क्षेत्र खजुरीमा खाना पकाउने ग्यास (एलपीजी ग्यास) बोकेको ट्रयाकटर दुर्घटना भएको छ ।
दुर्घटनमा ट्रयाक्टर चालकसहित, ट्रशुक्रबार बिहान करीब ९ः३० बजे लगमाबाट नोबल ग्यास बोकेर आउने क्रममा लगमा निर रहेको नहर भन्दा १० मिटर अगाडी ट्रयाकटर अनियन्त्रित भई दुर्घटना भएको छ । अनियन्त्रित भएर ट्रयाक्टर नजिकैको खेतमा पल्टिएर ट्रयाक्टरको ईन्जन र पछाडीको भाग टुक्रा भएको छ । ट्रयाक्टरमा सवार ट्रयाक्टर चालक बरुण गोईत गम्भीर घाईते भएका छन । गोईतको टाउको, मुख र अन्य शरीरका भागहरुमा चोट लागेको स्थानीय दिलीप साहले जानकारी दिएका छन । त्यस्तै, ट्रयाक्टरमा सवार अन्य २ जनामध्ये १ जनाको अवस्था सामान्य रहेको छ भने अर्को १ जनाका अवस्था गम्भीर रहेको छ । घाहितेहरुको स्थानीय गुलाव देवी हेल्थ केयरमा उपचार भईरहेको छ ।
ट्रयाक्टरमा करीब ५० वटा एलपीजी ग्यास लोड रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !