TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

एसईईको आन्तरिक मूल्याङ्कन कार्यविधि जेठभित्रै जारी हुने


एसईईको आन्तरिक मूल्याङ्कन कार्यविधि जेठभित्रै जारी हुने

file photo for symbolic use only

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज बनाउन बोर्ड कार्यविधि बनाउने तयारीमा जुटेको हो ।

बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले कार्यविधिका विषयमा छलफल भइरहेको जानकारी दिँदै यसै महिनाभित्र सार्वजनिक गरिने जानकारी दिए । विशेषगरी विद्यार्थीको मूल्याङ्कनमा नम्बर कसरी दिने भन्ने मापदण्ड निर्धारण, विद्यालयमा यसका लागि कस्तो खालको संरचना हुने, मूल्याङ्कनमा को जिम्मेवार हुनेलगायतका विषय स्पष्ट पार्ने काम कार्यविधिले गर्ने जनाइएको छ । सरकारले गत वर्ष पनि विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनका लागि कार्यविधि बनाएको थियो । सो कार्यविधिमा केही परिवर्तन गरी यस पटक कार्यविधि जारी गर्ने उहाँले जानकारी दिनुभयो । गत वर्षको कार्यविधिमा शिक्षकले गरेका कतिपय मूल्याङ्कनका कारण आलोचना गरिएको थियो ।

गत सोमबारको मन्त्रिपरिषद्को बैठकले विद्यालयले आन्तरिक मूल्याङ्कनबाट एसईई परीक्षा गर्ने नीतिगत निर्णय गरिसकेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण पाठ्यक्रम तथा विशिष्टीकरण तालिकाअनुसार विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुन नसक्ने निचोड निकाल्दै सरकारले यस खालको नीतिगत परिवर्तन गरेको थियो । अब कार्यविधि जारी गरेपछि विद्यालयलाई विद्यार्थीको मूल्याङ्कन गरिसक्न दुई साताको समय दिने बोर्डको तयारी छ । विद्यालयद्वारा गरिएको अन्तिम मूल्याङ्कनको विवरण सम्बन्धित जिल्लाको शिक्षा तथा समन्वय इकाइमा पठाउने र समन्वय इकाइले प्रमाणित गरी बोर्डमा पठाउनुपर्ने छ ।

बोर्डमा देशभरका विद्यालयबाट प्राप्त विवरण अद्यावधिक गरी विद्यार्थीको अन्तिम परीक्षाफल तयारी तथा प्रकाशन, प्रमाणीकरण र प्रमाणपत्र जारी गरिने छ । बोर्डलाई यो काम गर्न २० दिनको हाराहारीमा लाग्ने प्रारम्भिक अनुमान छ ।

Previous Post

कक्षा १२ को परीक्षा पूरानै मोडलमा

Next Post

साउदी अरबबाट टर्की भएर नेपाल आउन सकिने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर