TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

१५ वर्षीया किशोरीको बलात्कार, गाउपालिका अध्यक्षको रोहबरमा बलात्कारी फरार


१५ वर्षीया किशोरीको बलात्कार, गाउपालिका अध्यक्षको रोहबरमा बलात्कारी फरार

गाउँपालिका प्रमुख जालिम मियाँ

अनिल तिवारी
वीरगन्ज,जेठ २३ | पर्साको जगरनागपुरमा भएको बलात्कारको घटनालाई जनप्रतिनिदिबाट नै लुकाउने प्रयास गरिएको छ । शनिबार भएको बलात्कारको घटनामा संलग्नलाई प्रहरीबाट जोगाउन गाउपालिका अध्यक्षले चहलखेल गरेको आरोप पिडित पक्षको रहेको छ । पर्साको जगरनाथपुर गाउँपालिका–४ बलात्कारको घटना प्रहरीबाट लुकाउन शनिबार राति गाउँमै ‘पञ्चायती’ गरिएको पाइएको छ । गाउपालिका प्रमुखकै अगुवाइमा भएको पञ्चायतीद्धारा घटनालाई दबाउन खोजिइएको स्थानियको आरोप छ । गाउँमा प्रहरी पुग्दा आरोपीत युवकलाई प्रमुखकै योजनामा भगाइएको स्थानीयले आरोप लगाएका छन् ।

शनिबार साँझ साढे ६ बजेतिर जगरनाथपुर टोलमा बस्ने १५ वर्षीया किशोरीलाई सोही टोलका २२ वर्षीय युवकले जबरजस्ती करणी गरेका थिए । प्रहरी समक्ष पिडितले दिएको व्यानअनुसार किशोरीका आमाबुबा बाहिर गएको मौका छोपेर छिमेकी युव घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरेका थिए । पिडितका आफन्तले राती ८ बजेतिर प्रहरीलाई घटनाबारे जानकारी गराएपछि प्रहरी गाउ पुगेको थियो । जगरनाथपुर गाउपुगेका पाँडेपुर प्रहरी चौकीका असईसहित दुई जना प्रहरीले युवकलाई पक्राउ गर्न जनप्रतिनिधिको उकसाहटमा स्थानियले विरोध गर्न थालेपछि युवक फरार भएका छन् ।

‘गाउँको कुरा गाउँमै मिलाउँछौं’ भन्दै गाउँपालिका प्रमुख जालिम मियाँले प्रहरीलाई फिर्ता हुन स्थानीयलाई उचालेर विरोधसमेत गर्न लगाए पछि आरोपि युवक भाग्न सफल भएका थिए । आरोपि युवकको घरनजिकै प्रहरी पुग्दासम्म ती युवक घरमै थिए । गाउँपालिका प्रमुख मियाँ घटना भएको जगरनाथपुर टोलकै बासिन्दा हुन् । ‘पीडितका अभिभावक समेतलाई प्रभावमा पारेर घटनालाई दबाउन खोजिएका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले बताए । ‘ गाउँपालिका प्रमुखलाई जसरी पनि युवकलाई हाजिर भनेपछि आइतबार बिहान हाजिर गराउने प्रहरीसमक्ष मियाले प्रतबद्धता व्यक्त गरेका थिए । तर बिहान गाउँमा प्रहरी पुग्दा ती युवक भेटिएनन् ।’

गाउँलेका अनुसार शनिबार राति प्रहरी फर्किएपछि गाउँपालिका प्रमुख मियाँले पञ्चायती गरेका थिए ।

गाउँपालिका प्रमुख मियाँले ‘युवक र युवतीको आपसमा लभ भएको बताए । परिवारलाई जानकारी नभएकोले बलात्कारको हल्ला फिजाइएको मियाको तर्क थियो । दुवैको विवाह गराउन सबै राजी भएका पछि कुरा मिलेको उनको भनाइ थियो । जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी वकिलसँगको सल्लाहमा अगाडि बढ्ने जनाएको छ ।

Previous Post

मेयरकै संलग्नतामा ढुँगा, गिट्टी र बालुवा उत्खनन

Next Post

कोरोना अपडेट : ३४७९ जना संक्रमित थपिए, ६६३६ जना निको भए

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर