TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

नेपालमा बाबा रामदेबद्वारा निर्मित पतञ्जलि योगपीठको कोरोनिल किट, प्रयोगमा रोक


नेपालमा बाबा रामदेबद्वारा निर्मित पतञ्जलि योगपीठको कोरोनिल किट, प्रयोगमा रोक

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पतञ्जली योगपीठले सरकारलाई उपलब्ध गराएको ‘कोरोनिल किट’ वितरणमा रोक लगाएको छ ।

औषधि व्यवस्था विभागमा दर्ता नै नभएको पाइएपछि ती किट तत्काल वितरण नगर्ने निर्णय गरेको हो । पतञ्जलीले उपलब्ध गराएको १ हजार ५ सय किट तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले बिहीबार स्वास्थ्य मन्त्रालयमै बुझेका थिए । पतञ्जलीले स्वासारी ट्याब्लेट, नाकमा राख्ने अणु तेल र कोरोनिल ट्याब्लेट राखिएको प्याकेट मन्त्रालयलाई सहयोग गरेको थियो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले पतञ्जलीबाट प्राप्त औषधि श्वासप्रश्वासमा फाइदा हुने भए पनि औषधि व्यवस्था विभागमा दर्ता नभएकाले वितरण गर्न नसकिने बताए । ‘यो कोरोनाको औषधि होइन । यसको प्रयोगले स्वास्थ्यमा असर नपर्ने देखियो तर औषधि व्यवस्था विभागमा दर्ता नभएकाले वितरण नगर्ने निधोमा पुगेका छौं ।’ औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले यो किट पैठारीका लागि आवेदन परे पनि स्वीकृत नपाएको बताए । औषधि ऐनअनुसार विभागमा दर्ता नगरी औषधि पैठारी गर्न पाइँदैन । पतञ्जलीले सरकारलाई थोरै सहयोग गरेर बिक्री गर्ने उद्देश्य राखेको हुन सक्ने विभागले आकलन गरेको छ । यो औषधि भारतमा पनि विवादित बनेको छ ।भारतीय मेडिकल एसोसिएसनले पतञ्जलीले उत्पदान गरेका यस्ता किटको विरोध गरेको छ । आयुर्वेद विभागले किट पाउनेबित्तिकै जिल्लास्थित आयुर्वेद कार्यालयले खडा गरेको आइसोलेसनमा प्रयोग गर्ने निर्णय गरेको थियो । ‘औषधि व्यवस्था विभागमा दर्ता नभएको पाइएपछि वितरण नगर्ने भयौं,’ महानिर्देशक डा. उपाध्यायले भने । त्रिपाठीले उक्त किट विभाग र मन्त्रालयका कर्मचारीसँग पनि समन्वय नगरी सिधै लिएको स्रोतले जनाएको छ ।

निवर्तमान स्वास्थ्यमन्त्री त्रिपाठीले पतञ्जलीले दिएको किट कोरोनाको औषधि भनेर आफूले नलिएको बताए । ‘रोगसँग लड्ने क्षमताको औषधि भनेर लिइएको हो,’ उनले भने, ‘बालकृष्णजीले यस्तो महामारीका बेला के सहयोग गर्न सक्छु भन्नुभयो । इनर्जी बुस्टको औषधि पठाउनुभयो । जुन औषधि सेवन गर्दा साइट इफेक्ट गर्दैन भने त्यसलाई प्रयोग गर्दा के हुन्छ भनेर लिएको हो ।’ यो औषधिको भारतको नियमन निकायले समेत अनुमति दिएको कागज आफूले पाएको उनले बताए । औषधि व्यवस्था विभागले अनुमति नदिएको औषधि भन्सारबाट समेत सहजै पैठारी भएको छ । स्वास्थ्य मन्त्रालयले यो औषधिको भन्सार छुट गराउन अर्थमा पत्राचारसमेत गरेको थियो तर अर्थले सहमति दिनुअघि नै सामान ल्याइएको थियो । निवर्तमान महिलामन्त्री महतोले मन्त्रालयमा संघसंस्थाबाट प्राप्त सहयोग हस्तान्तरण गर्न जाँदा पतञ्जलीले उपलब्ध गराएको सामान बुझ्ने कार्यक्रममा सहभागी मात्रै भएको बताइन् ।

Previous Post

महोत्तरीमा डकैती, डाँकाको गोली लागेर महिला घाईते

Next Post

जनकपुरमा अघोषित लोडसेडिङ विरुद्ध यूवाहरुद्वारा प्रदर्शन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर