TNL - The Nepal Live
No Result
View All Result
TNL - The Nepal Live
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

दाइजो नदिएको निहुँमा नवदुलहीमाथि कुटपिट

घटनामा संलग्न ससुरा पक्राउ, श्रीमान् र अन्य सदस्य फरार


दाइजो नदिएको निहुँमा नवदुलहीमाथि कुटपिट

महाेत्तरीमा दाइजोको निहुँमा नवदुलहीमाथि कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर लगायत सामग्री नदिएको भन्दै नवदुलहीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

गएको वैशाख १३ गते सर्लाही हरिपुर्वा नगरपालिकाका जोगनारायण साहसँग उनको विवाह भएको थियो । विवाह भएको चार दिनमै दाइजो नदिएको भन्दै श्रीमानसहित परिवारका सदस्यले उनलाई कुटपिट गर्न थालेका थिए । विवाह गरेको चार पाँच दिनपछि उनी माइत गएकी थिइन् । त्यसको केही दिनमा नै उनी घर फर्किएकी थिइन् । घर फर्किएपछि आफूमाथि झन् धेरै दुर्व्यवहार भएकाे दुलहीले बताएकी छिन् । कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराएको छ । सर्लाहीको जिल्ला अस्पतालमा उपचारपछि अहिले स्वास्थ्य अवस्था सामान्य रहेको दुलहीकी माइती पक्षले बताएका छन् । माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौडका अनुसार कुटपिटमा संग्लन ससुरालाई पक्राउ गरिएको छ । अन्य सदस्य भने भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनको विवाहमा नगद तीन लाख पचहत्तर हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिईएको थियो । तर यो कम भएको भन्दै घरका सदस्यले कुटपिट गर्ने गरेका पीडितले बताएकी छिन् ।

Previous Post

भोजपुरी फिल्म ‘मधेसी पुत्र २' की नेपाली अभिनेत्री निशाको हालत यस्तो !

Next Post

महन्थ ठाकुरले फेरे आफ्नो बोली, नगरिकता अध्यादेशमा लगाएको रोक आदेश सम्माननिय (भिडियो सहित)

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

© 2021 The NepalLive || Powered By: ProTech