प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित एक महिलालाई सार्वजनिक स्थलमै निर्घात कुटपिट गरिएको भिडियो बाहिरिएको छ ।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ६ स्थित एक महिलालाई दाउरा राख्ने विषयमा विवाद हुँदा चार पाँच जना मिलेर सामुहिक रुपमा कुटपिट गरिरहेको भिडियो बाहिरिएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार, कल्याणपुर नगरपालिका वडा नम्बर ६ भोक्राहा बस्ने स्थानीय सुजित साहकी श्रीमति बबिता देवी साहलाई सोही स्थान बस्ने धीरेन्द्र महासेठ र उनका परिवार मिलेर कुटपिट गरेको हो । सोही आरोपमा अहिले धीरेन्द्र महासेठलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ । एउटै जग्गामा दुवै पक्षले दाबी गरेपछि भनाभन हुँदा विवाद भएको थियो । सोही क्रममा धीरेन्द्र र उनका परिवारजनहरु मिलेर सामुहिक रुपमा कुटपिट गरेको आरोप छ ।
सोही घटनाको सम्बन्धमा उजुरी परेको भन्दै अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
source:enewsbureau.com
फेसबुकबाट तपाईको प्रतिक्रिया !