TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जसपा फुट्ने निश्चित, महन्थ ठाकुर नयाँ पार्टी दर्ता गराउने तयारीमा


जसपा फुट्ने निश्चित, महन्थ ठाकुर नयाँ पार्टी दर्ता गराउने तयारीमा

केन्द्रीय समितिमा बहुमत जुटाएर निर्वाचन आयोगमा दाबी गर्न नसकेपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ पार्टी दर्ता गराउने मनस्थितिमा पुगेको छ ।

निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहितको नामावली बुझाउन दिएको समयसीमा समाप्त भइसकेको छ । बहुमत सदस्यको नामावली पुर्याउन नसकेपछि नयाँ पार्टी बनाउने सोचमा पुगेको जसपाका एकजना कार्यकारिणी सदस्यले बताए । निर्वाचन आयोगमा नामावली बुझाउनका लागि हस्ताक्षर गर्न आइतबार बबरमहलमा बैठक बोलाइएको थियो । तर, बहुमत सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ । कार्यकारिणी समितिका ५१ जनामध्ये १९ जना मात्रै महन्थ ठाकुरको पक्षमा उभिएका छन् । बहुमतका लागि २६ जना केन्द्रीय सदस्य संख्या नपुगेपछि अब नयाँ पार्टी बनाउने तयारीका साथ अगाडि बढेको ती नेताले बताए । अहिले बबरमहलस्थित पार्टी कार्यालयमा त्यही विषयमा आन्तरिक छलफल चलिरहेको छ । जति जना सदस्यको हस्ताक्षर छ, त्यति जनाको नाम आयोगमा बुझाइदिने या नयाँ पार्टी दर्ताका लागि निवेदन दिने भन्ने विषयमा अहिले छलफल भइरहेको छ । यसका लागि कागजात तयारी गर्ने काम भइरहेको एक नेताले जानकारी दिए ।

नयाँ पार्टीका लागि विधान र अन्य दस्तावेज बनाउने जिम्मेवारी डा.सुरेन्द्रकुमार झा र केशव झालाई दिइएकोमा दुबैले नयाँ पार्टीको विधानको मस्यौदा तयार गरेर दिइसकेका छन् । केशव झाले दुई अध्यक्षसहित विधान बनाएका छन् भने डा.सुरेन्द्र झाले एक अध्यक्षसहितको विधान बनाइएको स्रोतले बतायो । नयाँ पार्टीमा राजेन्द्र महतो र महन्थ ठाकुरसहित दुईजना अध्यक्ष रहने कि एकजना मात्रै अध्यक्ष रहने भन्ने टुंगो लाग्न बाँकी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

Previous Post

थप २,४०७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

Next Post

धनुषामा अघोसित लाडसेटिङ भईरहदा, ढल्केबर प्रसारणलाइनबाट भारतलाई बिजुली बेच्ने तैयारी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर