TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषामा अघोसित लाडसेटिङ भईरहदा, ढल्केबर प्रसारणलाइनबाट भारतलाई बिजुली बेच्ने तैयारी


धनुषामा अघोसित लाडसेटिङ भईरहदा, ढल्केबर प्रसारणलाइनबाट भारतलाई बिजुली बेच्ने तैयारी

वर्षायाममा नेपालबाट भारतको पञ्जाब प्रदेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने प्रक्रिया अघि बढेको छ ।

मूल्यमा हुने प्रतिस्पर्धाबाट छनोट भएर नेपाल विद्युत प्राधिकरणले असार १७ देखि असोज १४सम्म (जुलाइ-सेप्टेम्बर) बिजुली बेच्न लागेको हो । पञ्जावको प्रदेश विद्युत् बोर्डले आह्वान गरेको टेन्डरमा नेपालले ४० मेगावाट बिजुली बेच्न प्रस्ताव गरेको थियो । प्राधिकरणले जुन, जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा विद्युत खरिद गर्न अनुमति मागे पनि पञ्जावको प्रदेश विद्युत् बोर्डले जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा विद्युत किन्न सकिने गरी प्राधिकरणको प्रस्तावलाई सूचीकृत गरेको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफूहरुले गरेको प्रस्ताव तीन महिनाका लागि कार्यान्वयन हनुसक्ने गरी कोटाभित्र परेर छनोट भएको बताउँछन् ।

तर, अझै सम्झौता भएको छैन । सम्झौता नभइन्जेल पञ्जाबको बोर्डले विद्युत नलिने निर्णय पनि गर्न सक्ने भएकाले निश्चित भइसकेको छैन,’ उनले भने । यदि प्रकिया पुरा भएर सम्झौता भएमा प्राधिकरणले ढल्केबर-मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनबाट भारतमा बिजुली पठाउनेछ । शाक्यका अनुसार पञ्जाबलाई समयअनुसार फरक-फरक मूल्यमा बिजुली बेच्न गरी प्रस्ताव गरिएको थियो । भारतीय रुपैयाँ ३.२५ भारतीय रुपैयाँदेखि ३.८० भारतीय रुपैयाँमा बिजुली बेच्न खोजिएको हो ।

यसअघि पनि नेपालले २५ मेगावाट बिजुली बेच्न दिल्लीस्थित डीआरपीएल नामको विद्युत् व्यापार कम्पनीले आह्वान गरेको विद्युत खरिदको प्रतिस्पर्धामा भाग लिएको थियो । तर, प्रस्तावित दर महँगो भएपछि प्राधिकरणको प्रस्ताव छनोटमा नै परेको थिएन । अहिले नेपालले ढल्केबर-मुजफ्फरपुर लाइनबाट ४.१८ भारतीय रुपैयाँमा बिजुली किनिरहेको छ । त्यसकै आधारमा प्रतिस्पर्धामा भाग लिँदा टेन्टर अस्वीकृत भएको थियो । सो प्रतिस्पर्धामा भारु ३ देखि ३.२५ सम्मको मूल्य प्रस्ताव गर्ने कम्पनी छनोट भएका थिए । प्राधिकरणले भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लिमिटेडमार्फत प्रतिस्पर्धामा भाग लिने गरेको छ ।

Previous Post

जसपा फुट्ने निश्चित, महन्थ ठाकुर नयाँ पार्टी दर्ता गराउने तयारीमा

Next Post

प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतले पारित

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर