TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रदेशसभा सदस्य रानीकुमारी तिवारीले तीन वर्षमा गरिन एउटै सडकमा रु ५६ लाख खर्च


प्रदेशसभा सदस्य रानीकुमारी तिवारीले तीन वर्षमा गरिन एउटै सडकमा रु ५६ लाख खर्च

जलेश्वर । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं.३(ख) बाट प्रदेशसभा सदस्य रानीकुमारी तिवारीले तीन वर्षदेखि एउटै सडकमा रु ५६ लाख हालेर लाखौं रूपैयाँ अनियमितता गरेको आरोप लागेको छ ।

सांसद तिवारीले तीन आर्थिक वर्षदेखि एउटै सडक बनाउने योजनामा पटकपटक गरी ५६ लाख रूपैया खर्च गरिसके पनि अझै सो सडकमा पानी जमेको छ । उहाँले जिल्लाको एकडारा गाउँपालिका–४ चकवा गाउँमा सडक बनाउने नाउँमा ठूलो रकम खर्च गरिसकेको भएपनि सो सडकमा अझै पानी रहेको छ । यस सडकमा एउटा साइकल पनि चल्न नसक्ने अवस्था रहेको छ भने पैदल यात्रु समेतलाई आवतजावत गर्न सास्ती झेल्नु परेको स्थानीय ललित नारायण मिश्रले आरोप लगाउनुभयो । प्रदेश साँसद तिवारीले सो ठाउँमा ठूलो सरकारी रकमको दुरूपयोग गरी व्यक्तिगत पोखरीमा लगानी गरेर पोखरी संरक्षण गरिदिएको र ठूलो कमिशन खाएको स्थानीयहरू आरोप लगाउँछन् । उपभोक्ता समिति बनाएर प्रदेश सांसद तिवारीले सो पोखरीमा पर्खाल निर्माणका लागि पहिलो पटक रु २१ लाख, दोस्रो पटक रु १६ लाख र तेस्रो पटक रु १५ लाख तथा पार्किङ्ग र जाली हाल्नका लागि रु.तीन÷तीन लाख गरी जम्मा रु ५६ लाख लगानी गर्नुभएको स्थानीयवासी उपेन्द्र यादवले बताउनुभयो । सो पोखरी धनीहरू जलेश्वर नगरपालिका–१ बस्ने रामजतन साह र दिनेश साहले प्रदेश सांसद तिवारीले आफ्नो पोखरीको संरक्षण नभएर अतिक्रमण गरी आफ्नो व्यक्तिगत सम्पति सडमा मिचेको आरोप लगाउनुभएको छ । उहाँहरूले प्रदेश सांसद तिवारीले सो पोखरीमा सडक निर्माणका लागि नभएर आफ्नो कार्यकर्ता पाल्नका लागि बजेट लगानी गरेको र ठूलो रकमको भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।

यस सम्बन्धमा प्रदेश सभासदस्य तिवारीसँग सोधपुछ गर्दा उहाँले चकवाबासीसहित त्यस क्षेत्रका जनतालाई सो सडक भएर आवतजावत गर्न निक्कै कठिनाइ भइरहेको बेला आफूसँग त्यस सडकमा केही बजेट हालेर सडक निर्माण गरिदिन आग्रह गर्दा आफूले त्यहाँ लगानी गरिदिएको बताउनुभयो । उहाँले आफूले विभिन्न मन्त्रालय तथा कार्यालयसँग समन्वय गरेर त्यहाँ सडक निर्माण र मन्दिर संरक्षण गर्ने उद्देश्यले पोखरीमा पर्खाल निर्माण गरेको बताउनु हुँदै कसैको व्यक्तिगत पोखरी संरक्षण नगरेको तर्क प्रस्तुत गर्नुभयो ।रासस

Previous Post

प्रदेश २ को बजेट ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार

Next Post

देशभर बाढी, पहिरो र डुबानबाट क्षति, तीन जनाको मृत्यु, दुई जना बेपत्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर