बारामा एक युवकको शव फेला परेको छ ।
बिहीबार बिहान बाराको बिश्रामपुर गाउँपालिका-१ बरैनिया बजारनजिकै युवकको शव भेटिएको हो । रोडको छेउमा फेला परेको शव बिश्रामपुर- २ भरवलिया निवासी २६ वर्षीय भादो बैठाको रहेको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए । युवकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली पुगेर अनुसन्धान भइरहेको मिश्रले बताए । मृतक युवकको शरिरमा निलडाम देखिएकोले कसैले हत्या गरेर फालेको हुनसक्ने उनको आशंका छ ।
‘मृतकको शरिरमा कुटपिटको निलडाम देखिएको छ,कसैले हत्या गरेर फालेको पनि हुनसक्छ’,उनले भने,’हामी अहिले तालिम प्राप्त कुकुरसहितको टोलीसहित घटनास्थलमा अनुसन्धान गर्दैछौ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !