TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

दैनिक तीनपटक जनकपुर–जयनगर रेल सञ्चालन हुने, भाडा ७५ रुपैयाँ

AC मा ३ सय, न्यूनतम टिकट १५ रुपैयाँ


जनकपुरबाट ७ लाख भारुमा २ ट्रक स्याउ भारतमा तस्करी, प्रहरी नायब निरीक्षक (सई) निलम्बित

file photo

जनकपुर–जयनगर रेलवे सेवा असार महिनाभित्रै सञ्चालन हुने भएको छ ।

लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको रेलवे सेवा असार महिनाभित्रै सञ्चालन गर्ने गरी तयारी भैरहेको हो । कोरोना महामारीको अवस्था साम्य हुँदै गएपछि रेल सञ्चालनका लागि तयारी गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले रेल विभागलाई निर्देशन दिनुभएको छ । रेल सञ्चालनसम्बन्धी कानुन अध्यादेशबाट आइसकेका कारण आवश्यक तयारी गरी तत्काल रेल सञ्चालन गर्न मन्त्री नेम्वाङले रेल विभागलाई निर्देशन दिनुभएको हो । नेपाल रेलवे कम्पनीले रेल सञ्चालनका लागि आवश्यक कर्मचारी, टिकट, भाडादरसहितका कार्य पूरा गरिसकेको छ । रेलवे सञ्चालनअघि नेपाली पक्षका कर्मचारीलाई प्रशिक्षण दिन २ असारमा भारतीय कर्मचारी जनकपुर आइसकिएको महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताउनुभयो । कोरोनाको दोस्रो लहर सुरु हुनुअघि पनि नेपाली कर्मचारीलाई तालिम दिन भारतीय कर्मचारीहरू जनकपुर आएका थिए । तर, तालिम सुरु भएको २ दिनमै लकडाउन सुरु भएपछि उनीहरू भारत फर्केका थिए ।

रेल सञ्चालनका लागि भारतीय रेल कम्पनी कोन्कणसँग वार्षिक ३५ करोडमा रेल सञ्चालन गर्ने सहमति भएको छ । आवश्यक मेसिन, ट्र्याक मर्मतलगायतका काम कोन्कण रेल्वेजले गर्नुका साथै नेपालीलाई सिकाउनेछ । एक वर्षका लागि गरिएको यो सम्झौताअनुसार ३५ करोड १२ लाख रुपैयाँ खर्च हुनेछ । कम्पनीका अनुसार पहिलो वर्ष आय भने १० करोड रुपैयाँ हुने प्रक्षेपण छ । रेल सञ्चालनका लागि तत्कालीन जनकपुर–जयनगर रेलवेका पुराना कर्मचारी ७५ जना, चालकसहित प्राविधिकका २६ जना भारतीय कर्मचारी र प्रशासनका लागि १० जना कर्मचारीलाई करारमा नियुक्त गरिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले बताउनुभयो ।

कोरोना संक्रमणको अवस्था सामान्य भएलगत्तै असार महिनाभित्रै सञ्चालनको योजनामा रहेको रेलवेको भाडादरसमेत फाइनल भइसकेको छ । रेलवेको न्यूनतम टिकट १५ रुपैयाँको हुनेछ । अर्थात् एक स्टेसनबाट अर्को स्टेसनसम्म जान कम्तीमा १५ रुपैयाँको टिकट खरिद गर्नुपर्छ । त्यसैगरी, जनकपुरदेखि जयनगरसम्मको साधारण भाडा ७५ रुपैयाँ र एसीमा ३ सयसम्म तोकिएको छ । त्यसैगरी, तत्काल बिहान, दिउँसो र बेलुका गरी दैनिक तीनपटक जनकपुर–जयनगर रेल सञ्चालन हुनेछ ।

कृपया हाम्रो Youtube Channel लाई Subscribe गरि सहयोग गर्नुहोस

Previous Post

सावधान ! गुगल प्ले स्टोरमा भाइरसको आक्रमण, आजै डिलिट गरिहाल्नुस् यी ८ एप

Next Post

धनुषामा ७ दिन निषेधाज्ञा थप, पसलहरु ३ बजेसम्म खोल्न मिल्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर