धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा ट्रमा सेन्टर वनाउने विषय दिन प्रतिदिन विवादीत बन्दै गएको छ । मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले ट्रमा सेन्टरका लागि ढल्केवरमा जग्गा अनउपयुक्त भएको भन्दै लालगढमा बनाउने निर्णयमा हस्ताक्षर गरेर पठाएपछि ढल्केवर नगरवासी आन्दोलीत वनेको छ । ट्रमा सेन्टरको निमार्णले ढल्केवरमा विकासको लहर आउने भएकोले सेन्टर कुनै पनि हालतमा ढल्केवरमै वनाउनु पर्ने माग गर्दै मंगलवार नगरवासीहरुले नगरपालिकाको कार्यालय घेराउ समेत गरेका छन । यता मिडियामा ट्रमा सेन्टर लालगढ सारेको कुरा भ्रमपुर्ण रहेको भन्दै अभिव्यक्ति दिएका मेयर महतोले मंगलवार नगरवासीको सामुनेमा लालगढमा वनाउने निर्णय आफुले नै गरेको स्विकार गरे । उनले ट्रमा सेन्टरका लागि उपलव्ध रहेको जग्गा अनउपयुक्त रहेकोले तत्कालिन समयमा आफुले नै निर्णय गरेर पठाएको स्विकार गरे ।
यता यसभन्दा पहिले हामीले ट्रमा सेन्टर विवाद के हो भनेर मेयर महतोसंग प्रश्न गर्दा उनले टेढो जवाफ दिदै कुनै विवाद नरहेको वताए ।उनले भने ,कसले भन्यो तपाईलाई विवाद छ ? त्यसो भए नागरिक किन आन्दोलीत छ भनेर प्रश्न गर्दा त्यो कुरा उनिहरुसंग नै सोध्नुस भनेर जवाफ फर्काए । ट्रमा सेन्टर लालगढमा बनाईने कुरा छनि भनेर प्रश्न गर्दा उनले भने,मैले राष्ट्रिय मिडियाहरुलाई पत्रकार सम्मेलन गरेर भनिसक्या छु,अब फेरि जवाफ दिदिन । लालगढमा आफनो जग्गा रहेको भन्दै त्यहि सेन्टर निमार्णकालागि पहल गरिरहेको भनि मिडियामा खवर छ नी भन्ने प्रश्न गर्दा उनले भने सबै मिडिया विकाउ छन । जानुस जे गर्नुछ गर्नुस म यस विषयमा केहि वोल्दीन । यता जनता समाजवादी पार्टीका नेता चन्देश्वर महतोको अगुवाईमा मिथिला नगरपालिकाका कार्यालय पुगेका टोलीले सेन्टर सम्वन्धी विवादलाई जनता समक्ष सम्वोधन गरिदिन अनुरोध गर्दा मेयर महतोले आफु सम्वोधन गर्न नसक्ने भनि जवाफ फर्काए । घण्टौ सम्म नागरिक अगुवाहरुसंग टेढो कुराकानी गरिरहेका मेयर महतोले कुनै पनि हालतमा यस विषयमा नबोल्ने बताए । ट्रमा सेन्टर ढल्केवरमै निमार्ण गर्नुपर्ने माग सहित नेता चन्देश्वर महतोको अगुवाईमा पुगेको नगरवासीको टोलीले अन्ततः ज्ञापनपत्र वुझाउदै फर्किएका थिए । नेता चन्देश्वर महतोका अनुसार मेयर महतोको नियत नै ठीक नरहेको वताए ।
उनले ढल्केवरलाई विकास गर्ने मनशायका साथ इमान्दारिता प्रस्तुत गरेको भए यस्तो समस्या नै उत्पन्न हुने थिएन तर केहि निहित स्वार्थका लागि ढल्केवर संग अन्याय गर्न लागेको वताए । यता ज्ञापनपत्र वुझाउदै नगरवासीहरुले मेयर महतोले ढल्केवरमै टमा सेन्टर वनाउने निर्णय नगरे नगरपालिका घेराउ देखि लिएर तालावन्दी सम्मको आन्दोलन गर्ने चेतावनी समेत दिए । यति विवाद भइरहदा पनि मेयर महतोले केहि पहल नगरेको भन्दै मंगलवार जनता समाजवादी पार्टीका नेता चन्देश्वर महतोको अगुवाईमा मंगलवार ट्रमा सेन्टर ढल्केवरमै वनाउनुपर्ने माग सहित विरोध प्रर्दशन समेत गरेका छन । ढल्केवरको कृषि वजारबाट निस्केको जुलुस नगरपरिक्रमा गर्दै नगरपालिका कार्यलय पुगेर मेयर महतोलाई ज्ञापनपत्र वुझाइएको छ । विरोध जुलुसमा विकास विरोधी मेयर ढल्केवर छोड,राजनीतिक चलखेल वन्द गर,ढल्केवरको शान टमा सेन्टर लगायतको प्लेकार्ड बोकि विरोध प्रर्दशन गरिएको थियो ।
यस भन्दा पहिले मेयर महतोले केहि पत्रकार हरुलाई जनकपुरधाबाट आफनै गाडीमा ल्याएर ट्रमा सेन्टर सम्वनिध कुनै विवाद नरहेको र लालगढमा आफनो जग्गा रहेको प्रमाणीत गरे दस लाख सम्मको रकम दिने भनेर अभिव्यक्ति समेत दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !