TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

बैदेशिक रोजगारीमा जानेहरुका लागि खुसीको खबर, आज बाट अन्तर्राष्ट्रिय हवाइ उडान पनि सुरु


बैदेशिक रोजगारीमा जानेहरुका लागि खुसीको खबर, आज बाट अन्तर्राष्ट्रिय हवाइ उडान पनि सुरु

सरकारले विहीवारदेखि थप गन्तव्यमा अन्तर्राष्ट्रिय हवाइ उडान पुनः शुरु गर्ने भएको छ ।

गन्तव्य र तोकिएको रुटमा विहीवारबाटै अन्तर्राष्ट्रिय हवाइ उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका समेत सार्वजनिक गरेको छ । जसअनुसार विहीवार नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ । नेपाल वायुसेवा निगमले जुन २७ र २९ मा पनि दोहा उडान गर्नेछ ।

यस्तै, निगमले २५ जुनमा जापान, २८ र ३० जुनमा दुबई उडान गर्नेछ । मन्त्रालयले हिमालय एयरलाइन्सलाई दुबई, क्वालालम्पुर, दमामका लागि उडान संचालन गर्न अनुमति दिएको छ । विदेशी एयरलाइन्सतर्फ कतार एयरवेज, टर्किस, जजिरा, फ्लाइ दुबई, सलाम र एयर अरेवियालाई पनि उडान अनुमती दिईएको छ । एयर इन्डियाले जुन २५ मा भारतमा उडान गर्ने छ ।

यस्तै सरकारले अगामी असार १७ गतेदेखि आन्तरिक उडान पनि खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्नका लागि नेपाल नागरिक उडड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । तर साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिने मन्त्रालयले जनाएको छ । त्यसको व्यवस्थापनको जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिइएको छ । मन्त्रिपरिषद्को निर्णयपछि विमानस्थल र वायुसेवा कम्पनीले गर्ने टिकेटिङ, उपत्यका बाहिर रहेका वायुसेवा कम्पनीका कर्मचारीलाई उपत्यका फर्कने समय समेत राखेर एक सातापछिबाट उडान शुरु गर्न लागिएको हो ।

सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले टिकट बिक्री समेत शुरु गरिसकेका छन् । विमान कम्पनीहरूले सत प्रतिशत अकुपेन्सीमा यात्रु उडाउन पाउने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताउनुभयो ।

Previous Post

पेट्रोल, डिजेल र मटितेलको दाम फेरि बढ्यो

Next Post

मोटरसाइकलको लाइसेन्सको परीक्षाका आब अति सजिलो, जो कोहिले पास गर्न सक्ने, हेर्नुहोस नयाँ नियम

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर