TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरबाट ७ लाख भारुमा २ ट्रक स्याउ भारतमा तस्करी, प्रहरी नायब निरीक्षक (सई) निलम्बित


जनकपुरबाट ७ लाख भारुमा २ ट्रक स्याउ भारतमा तस्करी, प्रहरी नायब निरीक्षक (सई) निलम्बित

सुनसरीको सीमा क्षेत्रबाट पार भएको तीन ट्रक स्याउ भारतीय प्रहरीले बरामद गरेपछि त्यसबारे नेपालमा पनि छानविन सुरु भएको छ ।

निषेधाज्ञाका वेला प्रहरीकै मिलेमतोमा स्याउ तस्करी भएको आशंकामा नेपाल प्रहरीले छानविन थालेको हो । प्रदेश नं. १ का प्रहरी प्रमुख ईश्वरबाबु कार्कीले संघीय प्रहरी इकाइ कार्यालय, धरानका एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा समिति बनाएर छानविन भइरहेको बताए । यही विषयमा छानविन गर्न सशस्त्र प्रहरी बलले पनि एसएसपी प्रकाश थापाको नेतृत्वमा समिति बनाएको छ । गत आइतबार भारतीय प्रहरीले सीमावर्ती क्षेत्र बिरपुरको इटा उद्योगमा अनलोड भइरहेको अवस्थामा तीनवटा नेपाली ट्रकमा एक हजार ३५० कार्टुन चिनियाँ स्याउ बरामद गरेको थियो ।

सीमामा कार्यरत प्रहरी निलम्बित

निषेधाज्ञाको समयमा तस्करीको स्याउ कसरी भारत गयो भन्ने विषय खुलिसकेको छैन । तर प्रदेश नं. १ प्रहरी कार्यालय, बिराटनगरले चाहिँ छानविन अगावै भाण्टाबारी प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक (सई) गंगा थापालाई निलम्बन गरेको छ ।

थापासँगै उनको मातहतको अस्थायी प्रहरी चौकी कोशी कटानका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) आशनारायण माझी र श्रीपुर प्रहरी चौकीका इञ्चार्ज असई टेकबहादुर कार्की पनि निलम्बनमा परेका छन् । ‘निलम्बन गर्नु नै दोषी भन्ने होइन, छानविनका लागि तत्काललाई त्यहाँबाट हटाइएको हो’ डीआईजी कार्की भन्छन्, ‘वीरपुरबाट सिधा रहेकाले निलम्बन गरिएको हो, निर्दोष देखिए काममा फर्कन्छन्, दोषी देखिए कारबाही हुन्छ ।’

तर प्रदेश प्रहरी कार्यालय, बिराटनगरमै कार्यरत अन्य प्रहरी अधिकृतहरुले चाहिँ तल्ला तहका प्रहरीको मिलेमतोमा मात्रै सामान तस्करी हुनसक्ने बताउँदै यसमा उच्च अधिकृतहरुमो पनि मिलेमतो हुनसक्ने आशंका गरेका छन् ।

तस्करको बयान: सात लाख भारु बुझाएको छु

तस्करीको स्याउ बरामद भएपछि एक जना व्यापारीले भिडियो सन्देश जारी गर्दै प्रहरीले धोका दिएको बताएका छन् ।

व्यापारी पवनकुमारले प्रहरी मिलाउन दुर्गा यादव नाम गरेको व्यक्तिलाई सात लाख भारु दिएको बताएका हुन् । ‘… प्रहरीबाट छलेर गाडी ल्याएको रहेछ,’ उनले भनेका छन्, ‘दुर्गा यादव सुनसरीमा बस्छन्, मसँग सात लाख भारु लगेका छन् ।’  यादव प्रहरीसँग सेटिङ मिलाउने विचौलिया भएको तर उनले पैसा नबुझाएकाले समस्या भएको उनले भनेका छन् । छानविन समितिका एसएसपी चौधरीका अनुसार भारतमा बरामद भएका तीन ट्रक स्याउमध्ये दुई ट्रक जनकपुरबाट विराटनगर र एक ट्रक विराटनगरबाट पर्साका लागि जाने भन्दै छुटेका थिए । घटनामा प्रहरी संलग्नताबारे छानविन भइरहेको उनले बताएका छन् ।

सुनसरीको कोसी गाउँपालिका–७, श्रीपुरको लाही नाकाबाट तीनवटा ट्रक भारततर्फ गएको छानविन समिति बताउँछ ।

Previous Post

थप २४७६ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्यु

Next Post

जनकपुरबाट ७ लाख भारुमा २ ट्रक स्याउ भारतमा तस्करी, प्रहरी नायब निरीक्षक (सई) निलम्बित

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर