TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रदेश २ : लकडाउनमा कलाकारहरूको समस्या कसले बुझ्ने, प्रदेश सरकार मौन


प्रदेश २ : लकडाउनमा कलाकारहरूको समस्या कसले बुझ्ने, प्रदेश सरकार मौन

प्रदेशका २ का कला क्षेत्रमा कार्यरत कलाकारहरू लकडाउनका कारण समस्यामा परेका छन् । गत वर्ष र विगत करिब ४ महिनादेखि जारी लकडाउनका कारण दैनिक काम गर्ने कलाकारहरू समस्या परेका हुन् ।

राजनैतिक, सामाजिक तथा स्वागत सम्मान जस्ता कार्यक्रममा मात्र कलाकारहरू उपयोग भइरहेको जनगुनासो बढ्न थालेको छ । प्रदेश २ का कलाकारहरू कसरी छाक टारिरहेको छरु भन्ने विषयमा प्रदेश सरकारले चासो नदेखाएको आरोप उनीहरूले लगाएका छन् ।

हुनत कलाक्षेत्रमा काम गर्नेहरूका लागि संघ सरकार र प्रदेश सरकारले समेत वर्षेनी करोडौ बजेट छुट्याउने गर्दछ, तर त्यो कहाँ र कसको खल्तीमा जान्छ, थाहा छैन । जनकपुरमा मैथिली गीतसंगीत क्षेत्रमा सक्रिय कलाकार वीरेन्द्र झाले भने, मधेसमा कलाकारहरू अनाथ रहेको महसुस गरेका छौ, मैथिली भाषाको संरक्षण तथा संवर्द्धनमा जुटेकाहरूले पनि कलाकारलाई लकडाउनमा वास्ता गरेका छैनन् ।

जनकपुरका चर्चित हास्य कलाकार अविनाश झा (लडुवाू)भन्छन्, यातायात ठप्प भएका कारण आवत/जावतमा कठिनाइ उत्पन्न भएको छ । जसकारण हामीलाई काम पाउन गाह्रो छ, काम पाएपनि समयमा पारिश्रमिक पाउन सकेको छैन । उनले थपे, मँहगी बढ्या बढ्यै छ, सरकार निरीह छ। घर भाडा लिएर बसेकाहरूलाई घरधनीले भाडा छुट गर्नु त परै जाओस् , ताकेतामाथि ताकेता दिने गरेको छ, उनले भने यो हामी सबैको समस्या हो ।

ढोलक र हारमुनियम बाँडेर कलाकर्मीहरूका समस्या समाधान नहुने एक नेताले बताए । उनले अगाडि थपे, सरकारले कला सामग्री वितरण गर्दा वास्तविक र पीडित कलाकारले नपाउनेमा आफू विश्वस्त रहेको स्पष्ट पारे । तपाईं धुक्क हुनुस्, कला सामग्री नेता र मन्त्रीको आसेपासेले मात्रै पाउने छ, उनको भनाइ छ ।

प्रदेशका सामाजिक विकास मन्त्रालयअन्तर्गत कलाकारहरू कला सामग्री वितरण गर्ने आश्वासन दिएका छन्। कला सामग्री बाँड्ने मन्त्रालय र मन्त्री कलाकारहरू दुःखमा परेका बेला सहयोग गर्न पछि हटेको देखिएको छ । कलाकारहरूका निमित्त प्रदेशस्तरीय चलचित्र विकास बोर्ड स्थापना समेत भैसकेको छ, तर काम भने कलाकारहरूको लागि नगरेको उनीहरूले आरोप लगाएका छन् । बोर्डका अध्यक्षले अहिलेसम्म काम गरेर दैनिक गुजारा चलाउन बाध्य कलाकारहरूको विषयमा आबाज उठाएका छैनन् ।

कलाकारहरू देशका गहना हुन्, उनीहरूलाई सम्मान र सहयोग गर्नु राज्यको दायित्व हो । नाट्यविज्ञान तथा रङ्गमञ्च अध्ययन गरेका पत्रकार एवं कलाकार रामहृदय यादवले भने, भाषा, साहित्य, चित्रकला आदि जीवित राख्न सकेमात्र देश शक्तिशाली बन्न सक्छ । कला देशको धरोहर हो, उनले थपे कला बाँचे मात्र देश बाँच्न सक्छ, त्यसैले कलाकारहरूको समस्यामा प्रदेश सरकार चुक्नु हुँदैन।  समयमै देशका धरोहर मानिने कलाकारहरूको वास्तविक समस्या पहिचान गरी प्रदेश सरकार अघि बढोस्।

Previous Post

बुधबारदेखि प्रदेश २ सहित देशभरि भारी वर्षा हुने, बाढी पहिरोको जोखिम उच्च

Next Post

थप २४४४ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर