TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

विरोध गर्दा प्रतिकारमा उत्रिनु, सरकारको गल्ती ढाकछोप गर्नु हो : नवीन यादव


विरोध गर्दा प्रतिकारमा उत्रिनु, सरकारको गल्ती ढाकछोप गर्नु हो : नवीन यादव

संयुक्त विद्यार्थी संगठनको शान्तिपूर्ण विरोध जुलुसलाई हस्तक्षेप गरेर राष्ट्रिय युवा संघले आफ्नो नैतिकता गुमाएको बताइएको छ । लोकतन्त्रको अधिकार, धर्म र मुल्य(मान्यता विपरीत शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेर युवा संघले क्रुरता प्रदर्शन गरेको आरोप समेत लगाइएको छ ।

प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा शनिबार उक्त संगठनले विरोध गरिरहँदा युवा संघ प्रतिकारमा उत्रिनुलाई विद्यार्थी नेताहरूले ुगुण्डाु को संज्ञा दिएका छन् । पूर्व निर्धारित कार्यक्रमअनुसार ५ दलीय गठबन्धनका विद्यार्थीहरू राष्ट्रपति र प्रधामन्त्रीको प्रतिगमनकारी कदमविरूद्ध आन्दोलनमा उत्रेका थिए ।

पहिला देखि नै मधेसमा राष्ट्रपति र प्रधानमन्त्रीको विरोध गर्नेलाई प्रतिकार गर्ने चेतावनी दिँदै आएका युवा संघ शनिबार प्रतिकारमा उत्रिहाले । दुबै पक्षबीच हानाहानको स्थिति समेत बन्यो तर तैनाथ रहेका सुरक्षाकर्मीहरूले प्रतिकार भने गर्न दिएनन् ।

द नेपाल लाइभसँगको कुराकानीमा जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य नवीन यादवले भने, सत्तापक्षको विरोध गर्दैमा प्रतिकार गरिहाल्नु कमजोर मानसिकताको सिकार हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगामी दृष्टि गुमाइसकेकाले युवा संघ परिचालन गरेको उनले दावी समेत गरे ।

विद्यार्थीहरूको आन्दोलनमा युवा संघ परिचालित हुनु आफै लज्जाबोध हुनु हो । ुइँटका जवाफ पत्थर सेु भनेझैं युवा संघ अझै नसुध्रे र विद्यार्थीहरूको आन्दोलनमा कुनै प्रकारको दखलअन्दाज नगरे हुन्छ किनकि त्यसको परिणाम कडा हुने छ, उनले सुनाए ।

युवा संघ नेपाल प्रधानमन्त्री ओलीको इसारामा मधेसमा उदाङ्गो नाच नचाउन थालेको आरोप लगाउँदै सरकारको विरोध लोकतन्त्रको उपज हो, यसको दुरुपयोग हैन सदुपयोग गर्न सबैमा आग्रह समेत गरे । ओलीका मतियार बनेर मधेसमा दादागिरी चल्दैन, सचेत भएर मधेस हाम्रो हो भन्ने भावनाअनुरूप चल्न सुझाव दिए ।

पटक(पटक संसद विघटन गरेर प्रधानमन्त्री ओलीले आफ्नो हैसियत देखाइसक्यो । परिषद सदस्य यादवले भने, प्रधानमन्त्रीका कारण देशमा संकट आएकै हो, जसको परिणामस्वरूप संयुक्त विद्यार्थी संगठन विरोधमा उत्रेका हुन् ।

संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा पनि गुण्डा पालेर आफ्नो गल्ती ढाकछोप गर्न पाइन्छ र, यस्तो प्रयास कसैले नगरे पनि हुन्छ । जनता सचेत छन्, उनले थपे । युवा संघको कदमलाई प्रतिपक्षी ५ दल र त्यस दल सम्बद्घ भ्रातृसंगठनहरूले नियालिरहेका छन्, उनले भने ।

Previous Post

भौतिक पूर्वाधार विकासमन्त्री रामसरोजको व्यापक विरोध, काँग्रेसी नेताको फोटो हटाउन माग

Next Post

कोरोना संक्रमितको उपचारमा अब शुल्क लाग्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर