TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

खुसीको खबर : लोक सेवाका स्थगित परीक्षा साउनदेखि हुने


खुसीको खबर : लोक सेवाका स्थगित परीक्षा साउनदेखि हुने

लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो ।

पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको थियो । परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए । पदाधिकारी नियुक्ति भएपछि सहज हुने भएको हो । आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा गरेको थियो । विज्ञापन भए पनि सम्पूर्ण परीक्षा स्थगित भएका थिए । गत आर्थिक वर्ष २०७६/७७ मा समेत खरिदारको विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी थियो ।

लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले स्वास्थ्यसम्बन्धी मापदण्ड र सङ्क्रमणकालीन विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गरिने जानकारी दिए । आयोगले ११ वटा विज्ञापनमा विविध कारणले रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगयतको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

रोकिएका परीक्षा नियमित रूपमा सञ्चालन गर्नआयोगलाई तीनदेखि चार महिनासम्म लाग्ने छ । प्रवक्ता सुवेदीले रोकिएका परीक्षालाई छिटो गर्नका लागि दुईदेखि तीन सिफ्टमा जाँच गर्ने तयारी रहेको समेत जानकारी दिए । प्रवक्ता सुवेदीले अघिल्लो वर्षका बाँकी अधिकांश परीक्षा असोजसम्म सक्ने कार्यतालिका रहेको जानकारी दिनुभयो । लोक सेवा आयोगले लिने सङ्गठित संस्थाहरूको विज्ञापन भइसकेको परीक्षा पनि सँगसँगै गरिने उनले प्रष्ट पारे ।

Previous Post

जनकपुरसहित प्रदेश २ मा आज दिनभर भारी वर्षा हुने, सावधानी अपनाउन आग्रह

Next Post

BREAKING NEWS : कमला नदीमा भीषण बाढी, तटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर