हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको स्पान धसिएको छ ।
बाढीका कारण निर्माणको अन्तिम चरणमा रहेको कमला नदीको पुलको एउटा स्पान धसिएको हो । सिरहाको बसपिट्टा घाटमा रहेको पुलको १२ वटामध्ये एउटा स्पान धसिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । एक फिटभन्दा बढी स्पान बाढीमा धसिएको उनले बताए । अहिले कमला नदीमा बाढीको सतह बढेको छ । पुलको स्पान धसिएपछि पुलको पुनर्निर्माण नै गर्नुपर्ने अवस्था रहेको प्रजिअ कँडेलले बताए ।
पुलको निर्माण लुम्बनी बिल्डर्सले गरिरहेको थियो । कम्पनीका इन्जिनियर सूर्यप्रकाश शर्माले दुई साताअघि मात्रै पुल निर्माणको ९९ प्रतिशत काम पूरा भइसकेको र अब फिनिसिङ गर्न मात्र बाँकी रहेको बताएपछि तत्कालीन संस्कृति, पर्यटन नागरिक तथा उड्डयन मन्त्री उमाशंकर अरगरियाले माला लगाएर धन्यवाद समेत दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !