TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

आधारभूत तालिमले समतामूलक समाज निर्माणमा सहयोग पुर्‍याउँछ : मन्त्री यादव


आधारभूत तालिमले समतामूलक समाज निर्माणमा सहयोग पुर्‍याउँछ : मन्त्री यादव

रामहृदय यादव |

प्रदेश २ सरकारका आन्तरिक मामिला, सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले समतामूलक समाज निर्माणमा सरकार अघि बढेको बताएका छन् ।

प्रदेश सरकारद्वारा दलित, शोषित(उत्पीडित, पिछडिएका समुदाय, महिला, मुस्लिम लगायतकालाई मिडियामा पहुँच गराउने उद्देश्यले सरकार अघि बढेको बताएका हुन् । देश लोकतान्त्रिक मुलुक भएपनि यहाँका समुदायले त्यसको खासै अनुभूति गर्न नपाएको मन्त्री यादवको भनाइ छ। प्रदेश सरकारले देशको ऐनाको रूपमा रहेका मिडियामा सबैको सजिलै पहुँच हुनेगरी आधारभूत पत्रकारिता तालिम आयोजना गरेको मन्त्री यादवले बताए । द नेपाल लाइभसँग सोमबार कुरा गर्दै मन्त्री यादवले भने, प्रदेश २ का आमसर्वसाधारण नागरिक जो पत्रकारिताप्रति इच्छुक छन्, त्यस्तालाई मिडियामा ल्याउने प्रयास भइरहेको र यो प्रदेश सरकारको सकारात्मक कदम हो । प्रदेशभरिबाट करिब ४०० जनालाई तालिम दिने उद्देश्य रहेपनि कोभिडका कारण त्यो सम्भव नभएको र हाललाई करिब २०० जना तालिममा सहभागी भएको जनाए ।

तालिमको क्रममा ुपिउदिनँ भन्दा भन्दै पिलायो साथीलेु बोलको गीतमा प्रशिक्षार्थीहरू खुलमखुला नाचिरहेको भिडियो सार्वजनिक भएपछि जनकपुरमा प्रदेश सरकारको चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा एकाएक पत्रकारिता तालिम प्रदेश सरकारबाट प्रत्यक्ष सञ्चालन भइरहेको समेत सबै सञ्चारकर्मीहरूले थाहा पाए । यद्यपि सरकारद्वारा ५ दिवसीय आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिएको मन्त्री यादवले स्वीकार समेत गरे । करिब ७२ लाखको बजेटमा तालिम सञ्चालन गरिरहेको कुरा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेशकुमार कर्णले सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि जनकपुरका सञ्चारकर्मीमा निराशा छाएका छन् । तालिमको धेरैले विरोध गरेका छन् भने धेरैले सरकारद्वारा सञ्चालित तालिमको खर्च सार्वजनिक गर्न माग समेत गरेका छन् ।

विगत लामो समयदेखि सञ्चालनमा रहेका मिडिया हाउस र त्यसमा कार्यरत पत्रकारहरू सधैं आन्दोलनको पक्षमा कलम चलाएर सहयोग गरेका थिए । आज तिनै मिडिया हाउस र पत्रकारहरूलाई प्रदेश सरकारले उपेक्षा गरेको कुरा सामाजिक सञ्जालमा देख्न पाइन्छ । सामाजिक सञ्जालमा भइरहेको विरोधलाई मन्त्री यादवले सामन्तवादी र शोषकवादीको संज्ञा दिएका छन् । अहिले जारी रहेको तालिम पत्रकारहरूका लागि नभएर केवल नवप्रवेशीहरूका लागि मात्र भएकाले सरकारको जति नै विरोध भएपनि केही नहुने भन्दै तालिम सकिएपछि वास्तविक खर्च सार्वजनिक गरिने उनले प्रतिबद्धता समेत जनाए । पत्रकारिता सम्बन्धि तालिम सरकारद्वारा सञ्चालन गरिनु अनुकरणीय भएपनि यत्रो ठुलो रकम केवल नवप्रवेशीहरूका लागि खर्च गरिनु सान्दर्भिक नभएको सञ्चारकर्मीहरूले गुनासो गरेका छन् ।

गत बिहीबारबाट महोत्तरीको बर्दिबास र धनुषाको हारसरस्थित जीवनकेन्द्रमा सुरू भएको तालिम आज (सोमबार) सकिँदैछ ।

Previous Post

सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

Next Post

डेबिट कार्डको प्रयोग गरेर एटीएमबाट ३४ लाख निकाल्ने दुई जना पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर