धनुषामा बस्ती पसेको जंगली हात्ती चुरे तर्फ लागेको छ ।
मंगलबार बिहान बटेश्वर गाउँपालिका वडा नं। १ चित्रपुरमा देखिएका दुई हात्तीले एउटा पाडोलाई किचेको छ । स्थानीय इन्द्र महतोको गोठमा आक्रम गरी एउटा पाडोलाइ किचेर घाइते बनाएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । यस्तै बटेश्वर वडा नं ३ मा एउटा मोटरसाइकलमा तोडफोड गरेको छ ।
अहिले दुई मध्ये एउटा हात्ती मिथिला नगरपालिका १ लक्ष्मीनिबास, ढल्केबर हुँदै वडा नं ६ केमलीपुर टोलटिर लागेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।उनका अनुसार सो क्षेत्रमा हात्तीले कुनै क्षति नपुर्याएको र जंगतल तर्फ फर्काउने प्रयास भइरहेको छ । हात्ती उत्तर तर्फ नै हिडिरहेको उनले बताए ।
source:todaypati.com
फेसबुकबाट तपाईको प्रतिक्रिया !