सप्तरी – सप्तरीका एक जना युवकको मलेसियामा मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका १५ का ४० वर्षीय मदन कुमार शर्माको मलेसियामा ज्यान गएको हो । १५ वर्षदेखि मलेसियाको भीसीआई कम्पनीमा कार्यरत मदनलाई केही समयदेखि ज्वरो आएको भए पनि ढिलो गरी अस्पताल लगिएको र उपचारको क्रममा मलेसियाको एक अस्पतालमा ज्यान गएको परिवारले जनाएको छ । कम्पनीले समयमा अस्पताल नलग्दा मदनको ज्यान गएको परिवारले आरोप लगाएका छन् । मृतकको शव यथा सक्दो चाँडो नेपाल ल्याइदिन परिवारले सरकारसँग अनुरोध गरेका छन् । मदनको २ छोरा र एक छोरी रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !