संसद पुनस्स्थापना भएको खुशियालीमा विपक्षी चार दलीय गठबन्धन धनुषाले जनकपुरधाममा विजय जुलुश निकालेको छ ।
जनकपुरधामस्थित रेल्वे स्टेशनबाट जसपा उपेन्द्र पक्ष, नेपाली कांग्रेस, माओवादी केन्द्र र एमाले माधव पक्षले खुशियाली स्वरुप विजय जुलुश निकालेको छ । संसद पुनः गठन तथा शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ती सम्वन्धि सर्वोच्चले परमादेश जारी गरेपछि विपक्षी गठवन्धनका नेता कार्यकर्ता हरुको निस्केको जुलुस नगर परिक्रमा गर्दै जनक चौकमा पुगेर कोणसभामा परिणत भएका थिए । जुलुसमा सहभागीहरुले प्रधानमन्त्री केपी ओली विरुद्ध चर्को नारावाजी समेत गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै जसपा उपेन्द्रपक्षका जिल्ला अध्यक्ष पशुपति यादवले सर्वोच्चको आजको निर्णयले जनता र देशवासीमा न्याय र कानुन प्रति अझै बढि विश्वास मजबुत बनाएको बताउनुभयो । उनले आजको सर्वोच्चको निर्णयले केपी ओलीको तानाशाही शासन लाई लगाम लगाएर देशलाई एउटा नयाँ आयाम तर्फ मोडेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सांसद चमेलीदेवी दास, मुख्यमंत्रीका राजनीतिक सल्लाहकार जितेन्द्र यादव, युवा नेता नविन यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !