जनकपुर जयनगर रेल्वे सँचालनको तयारी पुरा भएको भन्दै रेल्वेको लीक खाली गर्न सूचना जारी गरिएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले एक सूचना जारी गर्दै रेल सँचालनको पूर्व तयारी भएको भन्दै सो शिलशिलामा रेल्वेको ट्रयाक स्पीड टेष्ट (परीक्षण) आउँदो आईतबार साउन ३ गते गरिने जनाइएको छ ।रेल्वेको ट्रयाक्टको स्पीड टेष्ट गर्दा १२० किलोमिटर प्रतिघण्टा हुने भएकोले रेल्वे पटरी (लीक) मा राखिएको समान, गाईवस्तु, सवारी साधन बालबच्चालाई नछोडन आग्रह गरिएको हो ।
रेल संचालनपुर्वको तयारीको शिलशिलामा रेल्वे ट्र्याकको स्पिड टेस्ट र सर्टिफिकेसन गर्ने काम श्रावन ३ गते आइतबार हुन गैरहेको छ । उक्त दिन भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ द्वारा स्पिड टेस्ट गरिने छ । स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किमी प्रतिघन्टा हुने भएकोले रेल्वे ट्र्याकमा शुरक्षा महत्वपुर्ण हुन्छ । भट्टराईले आफ्नो फेसबुक पेजमा लेखेका छन् । आइतबार रेल्वे ट्र्याक वरपरका आम नागरिकलाइ ट्र्याकमा मान्छे, गाइ भैंसी चौपाया, साइकल मोटरसाइकल, बालबच्चा नछोड्न र ट्र्याकबाट दुरी कायम गरिदिन सूचना जारी गरेको हो । टेस्टका क्रममा ट्र्याक तथा स्टेशनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने छ । यसको सुचना सार्वजनीक संचार माध्यय, रेडियो लगायतबाट आजै देखी प्रसारित हुनेछ र आइतबार बिहान ट्र्याक क्षेत्रमा माइकिङ समेत गरिने जनाइएको छ ।
यस सुचनाको अवज्ञा गरी कुनै दुर्घटना भएमा व्यक्ति स्वयं जिम्मेबार हुने र कानुन अनुसार कारबाही समेत गरिने हुँदा जिम्मेबार भइदिन जयनगर जनकपुर कुर्था खण्डका आम जनतामा अनुरोध गरिन्छ । सूचनामा उल्लेख छ । बहुप्रतिक्षित मानिएको नेपाल रेल्वे सँचालनको कैयौँ मिति सरेपछि आम नागरिकबाट रेल्वे सँचालन हुने आसा समेत हराएको बेला आईतबार नै स्पीड टेष्ट हुने भनेपछि पुनः आसा पलाएको हो । रेल्वे सँचालन भएपछि प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको लागि व्यापारिक दृष्टिकोण बलियो हुनेछ भने पूर्वी धनुषा सहित बर्दिवास सर्लाहीसम्मको व्यापारिक क्षेत्र प्रवद्र्धन हुने बुझिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !