TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

तराई-मधेश द्रुतमार्ग : १६ प्रतिशत काम सकियो, तीन वर्षमा पूरा गर्ने लक्ष्य


तराई-मधेश द्रुतमार्ग : १६ प्रतिशत काम सकियो, तीन वर्षमा पूरा गर्ने लक्ष्य

काठमाडौँलाई तराई–मधेशसँग जोड्ने राष्ट्रिय गौरवको बहुचर्चित आयोजना द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले हालसम्म कुल कामको १६ दशमलव १० प्रतिशत पूरा भएको जनाएको छ ।

उक्त प्रगति आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्मको हो । कुल कामको १६.२१ प्रतिशत सम्पन्न गर्ने लक्ष्य लिएकोमा दशमलव ११ प्रतिशत कम उपलव्धि हासिल भएको हो । ललितपुरको खोकनाबाट मकवानपुर हुँदै बारा जिल्लाको निजगढसम्म निर्माणाधीन साढे ७२ किलोमिटर सडक द्रुत मार्ग हो । नेपाली सेनाले यसलाई ‘एक्सप्रेस वे’ भनेको छ ।

२०७४ सालमा शुरू गरिएको यस आयोजनाको काम आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य छ । बाँकी ८४ प्रतिशत काम तीन वर्षमा पूरा गर्नु पर्नेछ । सडकको कुल लम्बाइको ६ दशमलव ४१ प्रतिशत सुरुङ बनाउनु पर्नेछ । सुरुङ निर्माणका लागि ६ महिना अध्ययन र ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता जनाइएको छ । सुरुङमार्गको पहिलो प्याकेज चाइना स्टेट र दोस्रो प्याकेज पोली चाङ्दाले पाएका हुन् । सुरुङ्ग मार्ग इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण हुँदैछ । अन्तर्राष्ट्रिय बोलपत्र आह्वानबाट यी कम्पनी छनोट भएका हुन् ।

सार्वजनिक लेखा समितिले सुरुङ र विशेष डिजाइनका पुल निर्माण सम्बन्धी ठेकेदार कम्पनी छनौटमा अनियमिता भएको ठहर गरी ठेक्का प्रक्रिया रद्द गर्न दिएको निर्देशनबारे जङ्गी अड्डा मौन रहेको छ ।

जङ्गी अड्डाले सार्वजनिक गरेको प्रगति विवरणमा ‘अन्तर्राष्ट्रिय बोलपत्र आह्वानपश्चात आवश्यक प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट कार्य सम्पन्न भई मिति २०७८ जेठ ३१ गतेबाट दुवै सुरुङ ठेक्का प्याकेजहरूको कमेन्समेन्ट भई मोबिलाइजेसन सहित कार्य प्रारम्भ गरिएको छ’ उल्लेख गरिएको छ । सार्वजनिक लेखा समितिले दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द गर्न रक्षा मन्त्रालयमार्फत सेनालाई निर्देशन दिएको थियो । लेखा समितिको निर्देशनबारे जानकारी भए पनि रक्षा मन्त्रालयबाट कुनै निर्देशन नआएको सैनिक प्रवक्ताले बताए ।

Previous Post

बैंकको सिस्टम ह्याक गर्ने चेतावनी

Next Post

लामो दूरीका सवारीसाधन चल्ने : गृह मन्त्रालय

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर