TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रदेश २ सरकारको करौडको सम्पति कवाड बन्दै


प्रदेश २ सरकारको करौडको सम्पति कवाड बन्दै

आवश्यक ऐन कानुनको अभावमा प्रदेश २ सरकारको करौडको सम्पति कवाड बन्दै गएको छ ।

गत कार्तिकमै ४ करोडको लागतमा खरिद गरिएको ५ वटा बस संचालन नभएर मधेश भवन परिसरमा थल्काईएर राखिएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उदेश्यले प्रदेश सरकारले बस खरिद गरेको थियो । तर बस संचालनको लागि आवश्यक पर्ने ऐन कानुन तथा कार्यविधि नै निर्माण नहुदाँ बस अहिले खुल्ला आकाश मुनि थन्काईएर राखिएको छ । खुल्ला अकाशमुनि राखिएको बसको रङ डिसकलर हुनुको साथै बैट्री, ईन्जिन , टायर खराब हुदै गएको छ । बस संचालनका लागि फेरि लाखौ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको एक जानकारले बताए । बस खरिद गरिएपनि चालक, बसको भाडा दर तथा बस संचालनको लागि आवश्यक नीति निर्माणमा भौतिक पुर्वाधार मन्त्रालयले जोड दिन सकेको छैन । तत्कालीन भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बस संचालन सम्बन्धि ऐन कानुन निर्माणको पक्रियामा रहेको भन्दै चाडै संचालन गर्ने बताएका थिए । तर सत्तारुढ पार्टी जनता समाजवादी पार्टीमा विभाजनको अवस्थामा पुग्दा मन्त्री सोनलले राजिनामा दिएपछि अहिले नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले उक्त मन्त्रालयका जिम्मेवारी सम्हालेका छन् । यादव मन्त्री भएको एक महिना भन्दा बढि समय भईसक्दा पनि अहिले सम्म बस संचालनमा कुनै चासो देखाएका छैनन् ।

भौतिक पुर्वाधार मन्त्रालयका सचिव दिपक कुमार दासले भने,‘ अहिले सम्म बस संचालनको कार्यविधि बन्न सकेको छैन, कार्यविधि बनाएर चाडै नै बस संचालन हुन्छ ।’ त्यसैगरि, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले खरिद गरेको ९ वटा वारुण यन्त्रपनि झण्डै ४ महिनादेखि मधेश भवन परिसरको खुल्ला चौरमा थन्काईएर राखिएको छ । बस सँगै राखिएको ती वारुण यन्त्रका पार्टहरुमा खिया लाग्न सुरु भएको छ । तत्कालीन आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश ८ वटै जिल्ला प्रहरी कार्यालयहरुमा एक÷एक वटा र एउटा प्रदेश प्रहरी कार्यालयमा आगलागीबाट हुने जनधनको क्षति न्युनिकरणमा सहयोग गर्न तथा आन्दोलनको ताका प्रदर्शनकारी माथि पानीको फोहरा झार्ने उदेश्यले उक्त वारुण यन्त्र खरिद गरिएको जनाएका थिए । कोरोना महामारीको दोस्रो लहरमै खरिद गरिएको ती वारुण यन्त्र संचालन तथा सुरक्षा निकायलाई बुझाउने अझै कार्यविधि बन्न सकेको छैन । यसरी ऐन कानुनको अभावमा खरिद गरिएको करोडौको सम्पति लामो समयदेखि प्रयोगविहीन हुँदा कवाड बन्दै गएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका एक कर्मचारीले भने,‘ मन्त्रीले ऐन कानुन बनाउनुभन्दा समान खरिदमा जोड दिए, आफु मन्त्री पदबाट हटने सुईको पाएकोले कमिशनको चक्करमा मन्त्रीहरुले ऐन कानुनलाई ख्याल नै नगरि समान खरिद गरेर थन्काए ।’

प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सरकारमा सहभागि भएपछि तत्कालीन आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादवले करिव दुई सप्ताह अगाडी राजिनामा दिएका थिए । अहिले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह आन्तरिक मामिला तथा सञ्चार मन्त्री छन् । मन्त्री साहले भने,‘ वारुण यन्त्र मलाई मन्त्रालय सम्हाल्नु भन्दा अघि नै खरिद गरिएको छ । वारुण यन्त्र खरिद गरिएपनि त्यसलाई प्रहरीको जिम्मा लगाउने कार्य विधि बनाइएको छैन । त्यसैले एउटा कार्यविधि बनाएर सुरक्षाकर्मीलाई जिम्मा लगाउने योजना छ ।’ वारुण यन्त्र हस्तान्तरण गर्ने विषयमा सुरक्षा निकायसँग छलफल भईरहेको मन्त्री साहले बताए ।

Previous Post

जनकपुर विमानस्थलबाट जनावरको छालासहित यात्रु पक्राउ

Next Post

धनुषा : ६ वर्षीय बालिका बेपत्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर