TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा र वीरगञ्जमा इन्फ्लुएन्जा ए र बीको संक्रमित फेला

कोरोनासंग लक्ष्ण मिल्दो जुल्दो


धनुषा र वीरगञ्जमा इन्फ्लुएन्जा ए र बीको संक्रमित फेला

वीरगञ्जमा असारको अन्तिम सातादेखि बढेको कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण इन्फ्लुएन्जा ए को भएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा केही नमुना परीक्षण गराउँदा वीरगञ्जमा इन्फ्लुएन्जाको संक्रमण फैलिएको पुष्टि भएको हो । नारायणी अस्पतालका डा. सरोजरोशन दासका अनुसार वीरगञ्जबाट ५ जनाको स्वाब नमुना परीक्षण गराउँदा ४ जनामा इन्फ्लुएन्जा ए एचथ्री पोजेटिभ देखिएको जानकारी दिए । वीरगञ्जबाट २१ वर्षका ३ जना महिला, २५ वर्षकी महिला र २७ वर्षीय पुरुषको स्वाब नमुना परीक्षणका लागि पठाइएको थियो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ नै आएको छ । संक्रमितहरु उपचारपछि अहिले ठीक भइसकेका छन् ।

विश्व स्वास्थ्य संगठनको जनकपुर कार्यालयले धनुषाबाट समेत दुईवटा स्वाब नमुना परीक्षणका लागि पठाएको थियो । ती स्वाबमा भने इन्फ्लुएन्जा बी भिक्टोरियाको संक्रमण देखिएको छ । नमुना परीक्षण रिपोर्टबाट वीरगञ्जमा इन्फ्लुएन्जा ए एचथ्रीको संक्रमण फैलिसकेको अनुमान गर्न सकिने नारायणी अस्पतालका भाइरोलोजिष्ट डा. प्रभाकर पाण्डे बताउँछन् ।

‘पहिला पनि विश्वमै इन्फ्लुएन्जाले महामारीको रुप लिइसकेको हो, अहिले वीरगञ्जमा ज्वरोे आउने, खोकी लाग्ने, कमजोरी हुने लक्षण देखिएका बिरामीहरु अस्पतालमा आइरहेका छन्, पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आइरहेको छ,’ उनले भने, ‘कोरोना जस्तै यो पनि श्वासप्रश्वाससँगै सम्बन्धित रोग हो, रोगसँग लड्ने क्षमता कमजोर भएकालाई बढी असर गर्छ ।’

इन्फ्लुएन्जाबाट बच्नका लागि पनि भिडभाडमा नजाने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्ने वा साबुनपानीले समय समयमा हात धुने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गर्नुपर्ने उनको भनाइ छ । ‘इन्फ्लुएन्जासँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकसँगको परामर्शमा औषधि सेवन गर्दा आउन सक्ने थप जोखिमबाट बच्न सकिन्छ,’ उनले भने ।

नारायणी अस्पतालको आकस्मिक विभाग प्रमुख एवं कोभिड संयोजक डा. उदयनारायण सिंहका अनुसार दैनिक ५० को हाराहारीमा कोभिडसँग जुल्दो लक्षण देखिएका बिरामी अस्पतालमा आउने गरेका छन् । निजी क्लिनिकहरुमा उपचारका लागि आउने ३० प्रतिशत बिरामी ज्वरोका हुने गरेको छ ।

‘पाँच जनाको नमुना परीक्षण गराउँदा चार जनामा इन्फ्लुएन्जा देखिएपछि अब थप स्वाब नमुना संकलन गर्ने सोच बनाएका छौं,’ डा. सिंहले भने, ‘वीरगञ्जमा कोरोना परीक्षण गर्ने र इन्फ्लुएन्जा लगायत थप अन्य परीक्षण गर्नका लागि नमुना बाहिर पठाउँछौं ।’

नेपालमा इन्फ्लुएन्जाका लागि चिकित्सकले प्रभावकारी एन्टिभाइरल औषधिहरु चलाउने गरेका छन्, तर यस विरुद्ध खोपहरू पनि उपलब्ध छन् । स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजयकुमार झाले भने अहिले भाइरसबाट संक्रमण हुने विभिन्न ‘सिजनल फ्लु’ देखिने मौसम नै भएको बताए ।

‘अहिले सिजनल फ्लु बढेको छ, परीक्षण गराउँदा विभिन्न भाइरसको संक्रमणबाट लाग्ने रोगका संक्रमित भेटिन सक्छन्,’ उनले भने ‘दुई चारवटा केस आउँदैमा महामारी नै आएको मान्न हुँदैन, आउटब्रेक भएको हो वा होइन परीक्षण गर्नुपर्छ ।’

Previous Post

धनुषा : ६ वर्षीय बालिका बेपत्ता

Next Post

BREAKING NEWS : नेपालमा भेटियो कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ भेरियन्ट, तेस्रो लहरको खतरा बढ्यो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर