TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रहरी कार्यालय अगाडि महिलाको शवसहित प्रदर्शन

ससुराले हत्या गरेको माइती पक्षको आरोप


प्रहरी कार्यालय अगाडि महिलाको शवसहित प्रदर्शन

सिरहाको इलाका प्रहरी कार्यालय लहान अगाडि महिलाको शवसहित प्रदर्शन भएको छ ।

ससुरा पक्षले हत्या गरेको भन्दै माइती पक्षले मृतक महिलाको शवसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । धनगढीमाई नगरपालिका ६ स्थित सिमराका सुनिल महतोकी अन्दाजी २९ वर्षीया श्रीमती ज्ञानकुमारी महतो सोमबार राति पौने १२ बजेतिर आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाबारे जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले मंगलबार बिहान मृतकको शव पोष्टमार्टमका लागि धरान पठाएको थियो । धरानबाट पोष्टमार्टमपछि मृतक महिलाको शव माइती पक्षले ल्याएर प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । ज्ञानको मृत्यु घटना आत्महत्या नभई हत्या भएको माइती पक्षको आरोप छ ।

मृतक महिलाका श्रीमान् सुनिल कमजोर मनस्थितिका छन् । आठ वर्षअघि बिहे भएका उनीहरूको एक सन्तान छ । बिहे भएदेखि नै छोरीलाई ससुरा र देवरले विभिन्न किसिमको यातना दिँदै आएको र अहिले आएर हत्या नै गरिदिएको मृतककी आमा महेश्वरी महतोले बताइन् । ‘मेरी छोरीलाई पटकपटक यातना दिँदै आएको थियो,’ उनी रुँदै भनिन्, ‘एक महिनाअघि पनि नराम्ररी कुटपिट गरेपछि त्यसयता माइतीमै बस्दै आएकी थिइन् । केही दिन पहिले फेरि आएर ससुराले लगे । त्यसको केही दिन नबित्दै मेरी छोरीलाई मारिदियो ।’ छोरीको शरीरको विभिन्न भागमा हिलो लागेको पनि देखिएकोले उनलाई घिसारेर हत्या गरेको हुनसक्ने र त्यसपछि फस्ने डरले झुण्ड्याइदिएको दावी महेश्वरीको छ । छोरीको हत्या नै भएको पटकपटक प्रहरीलाई बताए पनि प्रहरीले आफूहरूलाई वास्ता नगरेको र जाहेरी पनि नलिएपछि शव लिएर प्रदर्शन गरेको उनले सुनाइन् ।

यता, प्रहरीले शव झुण्डिएको अवस्थामा भेटिएका कारण अहिले जाहेरी नलिएको बताएको छ । शव पोष्टमार्टम भइसकेको र दुई/तीन दिनमा रिपोर्ट आएपछि त्यसको आधारमा अघि बढ्ने सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताए । ‘आरोपकै भरमा जाहेरी लिन मिल्दैन,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टको प्रतिक्षामा छौं । रिपोर्टको आधारमा हामी आफैँ कानुनी प्रक्रिया अगाडि बढाइहाल्छौँ ।’

source:todaypati.com

Previous Post

धनुषा र महोत्तरीसहित १७ जिल्ला कोरोनाकोतेस्रो लहरको अति उच्च जोखिममा

Next Post

टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको शव बरामद

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर