TNL - The Nepal Live
No Result
View All Result
TNL - The Nepal Live
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषामा २८ करोडको लगानीमा जैविक मलको उद्योग स्थापना हुदैँ


धनुषामा २८ करोडको लगानीमा  जैविक मलको उद्योग स्थापना हुदैँ

नेपालमै सबैभन्दा ठुलो लगानीमा धनुषाधाममा जैविक मलको उद्योग सञ्चालन हुने भएको छ ।

आरोह फटिलाईजर प्रा.लि.ले धनुषाको धनुषाधाम नगरपालिकामा २८ करोडको लगानीमा जैविक मलको उद्योग स्थापना गर्न लागेको हो । आउँदो वैशाखसम्म उत्पादन हुने हुने उक्त जैविक मल उद्योगमा शनिबार एक कार्यक्रम बीच प्रदेश २ का भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह र संघीय सरकारका कृषि तथा पशुपंक्षी मन्त्रालयका योगेन्द्र कुमार कार्कीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । शिलान्यास पश्चात आयोजना गरिएको शुभकाना कार्यक्रममा मन्त्री साहले आरोह फर्टिलाईज प्रालिले स्थापना गर्न लागेको जैविक मल उद्योग प्रदेश २ को मात्र नभई नेपालकै लागि गौरवको कुरा रहेको बताए । वर्षेणी हुने मल अभावले नेपाली किसानले चाहे जति उत्पादन गर्न नसकिरहेको अवस्थामा प्रदेश २ का संचालन हुन लागेको जैविक मल उद्योगले त्यस्ता समस्यालाई धेरै हद सम्म समाधान गर्न सक्ने मन्त्री साहले बताए । नेपाल कृषि प्रधान देश भनिएपनि कृषि क्षेत्रमा संघीय सरकारको लागि एकदम न्युन रहेको भन्दै मन्त्री साहले भने,‘ नेपाललाई कृषि प्रधान देश भनिन्छ । तर वास्तवमा यो कृषि प्रधान देश नै होईन, यो त किसान प्रधान देश हो । यहाँ ६० प्रतिशत भन्दा बढि व्यक्तिको आय कृषिमा आधारित छन् । तरपनि सरकारको यसमा लगानी छैन ।’ प्रदेश सरकारले प्रदेशलाई व्यवहारमा कृषि प्रधान बनाउन लागेको मन्त्री साहले दावी गरे ।

धनुषामा पहिलो पटक नेपालमा यतिको लगानीमा जैविक मल सम्बन्धि उद्योग संचालन हुन लागेकोले नेपाली किसानको लागि खुसीको सन्देश रहेको कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले बताए । सुरुवाती अवस्थामै २८ करोडको लागतमा निर्माण हुन लागेको उक्त जैविक मल उद्योगले नेपालका कृषकहरुको लागि सुखद खबर रहेको बताए । त्यसैगरि, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सम्झना काफ्लेले प्रदेश सरकारले जैविक मल उद्योगमा आवश्यकता अनुसार सहयोग गर्न तयार रहेको बताईन् । अमेरिकाको वाईमिक्स कम्पनी र भारतको व्हाईसोड ब्योनेट कम्पनीको प्रविधिक सहयोगमा आरोह फटिलाईजरले निर्माण गर्ने जैविक मलले खेतको उर्वराशक्ति बढाउनुको साथै माटोमा रहेको विषादीलाई समेत हटाउने आरोह फर्टिलाईजर प्रालिका अध्यक्ष शैलेन्द्र शमशेर राणाले बताए । नेपालमा वार्षिक साढे ७ लाख मेट्रिक टन जैविक मलको आवश्यकता छ, उनले भने,‘ तर आफुहरुले तत्काल वार्षिक रुपमा ७ देखि ८ सय मेट्रिक टन उत्पादन गर्ने योजनामा छौ ।

संघीय र प्रदेश सरकारबाट सहयोग भएको खण्डमा उत्पादन बढाउछौ ।’ कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य मनोज मल्ल, प्रेक्षा मल्ल, आरोह फर्टिलाईजर प्रा.लि.सञ्चालक समितिका सदस्य आङ्गकामी लामा (शेर्पा)सहितका सहभागिता रहेको थियो ।

Previous Post

जनकपुरधामका मेयर लालकिशोर साहको घर अगाडि युवाहरुले थुपारे फोहर

Next Post

मलेसियामा एक नेपालीको उपचार नपाएर मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

© 2021 The NepalLive || Powered By: ProTech