TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सुजिता हत्या प्रकरण : हत्यामा सुजिताको पिता कामेश्वरको संलग्नता रहेको खुलासा

कामेश्वरसहित थप तीनजना पक्राउ


महोत्तरीमा बेपत्ता सुजिताको शव ट्वाइलेटको हदमा भेटियो, पाँचजना पक्राउ

महोत्तरीकी सुजिता हत्या प्रकरणमा बाबु कामेश्वर पाण्डेयसहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुजिता हत्यामा संलग्नता देखिएपछि बाबु पाण्डेयलाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीले पाण्डेयसहित सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीय प्रमोद मण्डललाई पक्राउ गरेको हो । सुजिता ठाकुर हत्यामा उनका बाबु पाण्डेयकोसमेत संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए । एसपी आचार्यका अनुसार बाबु पाण्डेयकै संलग्नतामा देबर रुपेश ठाकुरले सुजिताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

‘बाबु कामेश्वर र देवर रुपेशकै मिलोमतोमा सुजिताको हत्या गरिएको खुलेको छ,’ आचार्यले भने,‘इज्जत प्रतिष्ठाको विषय बनाउँदै उनीहरूले हत्या गरेको पाइएको छ ।’

पटकपटक बाहिर गइरहने सुजिताको बानीलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको उनले बताए ।

‘घरबाट बाहिर गइरहने सुजिताको बानी उनीहरूलाई मन परेको थिएन । त्यसलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको पाइयो,’ एसपी आचार्यले भने,‘यसका साथै आर्थिक लेनदेनको कुरा पनि देखिएको छ ।’

रुपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घटना लुकाउन बार्गेनिङ गरेको पनि खुलेको आचार्यको भनाइ छ । यसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद भन्ने व्यक्तिले शव लुकाउन मद्त गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म उनका देवर रुपेशसहित सात जनालाई पक्राउ गरिसकेको एसपी आचार्यले बताए ।

यसरी भयो घटना

जेठ २० गतेदेखि महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भम्ररपुराकी सुजिता ठाकुर बेपत्ता थिइन् । कहीँकतैबाट पनि सुनुवाई नभएपछि वैदेशिक रोजगारीमा साउदी रहेका सुजिताका भाइ जितेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत् दिदीको घर पक्षले नै हत्या गरी खेतमा शव गाडेको आरोप लगाए ।

उनले सुजिताका पाँच वर्षीय छोरा रौनकको एउटा भिडिओ पनि सार्वजनिक गरे । त्यो भिडिओमा ती बालकले आमाको हत्या हजुरबुवा, बुवा र काकाले गरेको बताएका छन् । सुजिताको खोजतलासमा प्रहरीले कुनै चासो नदेखाएपछि साउदीबाट नै भाइ जितेन्द्रले जनकपुरका सामाजिक अभियन्ता सरोज रायलाई सहयोगका लागि आग्रह गरेका थिए ।

रायले घटनाबारे थप बुझ्न शुक्रबार सुजिताका माइती रतौली पुगेका थिए । उनले सुजिताका बुवा कामेश्वर, आमा र दुई कान्छा भाइ आकाश र शिवमलाई भेटेर घटनाबारे जानकारी लिएका थिए । त्यसपछि शनिबार अभियन्ता रायले प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेर घटनाबारे ध्यानाकर्षण गराएका छन् । प्रहरीले जाहेरी लिएको तथा सुजिताका श्रीमान र देवरलाई पक्राउ गरिएकाले घटनाको अनुसन्धान हुनेमा स्थानीय बासिन्दा आशावादी देखिएका छन् ।

news/photo: todaypati.com

plz subscribe our youtube channel and support us

Previous Post

बिबिएसको परीक्षा बिग्रिएको भन्दै झुन्डिएर आत्महत्या

Next Post

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर