धनुषाको धनुषाधाम नगरपालिका ८ कमहरामा सोमबार राति डकैती भएको छ । ४/५ जनाको हतियारधारी समूहले स्थानीय विजय यादवको घरमा डकैती गरेको हो ।
ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीका अनुसार डाँकाहरुले यादवको घरबाट ४० तोला चाँदी, उनका छोरी कामनी यादवले लगाएको आधा तोलाको मंगलसुत्र र ज्वाई संजय यादवले लगाएको सुनको सिक्री पनि लुटेर लगेका छन् । यद्दपी पीडित परिवारले ५० तोलाभन्दा बढी चाँदी लुटेर लगेको दावी गरेका छन् ।
उनका अनुसार डकैती होइन्, चोरी भएको छ । ४/५ जनाको समूहमा आएका चोरहरुले केहि समान लगेको छ । घटना विषयमा अनुसन्धान भइरहेको छ ।
Plz Subscribe Our Youtube Channel And Support Us
फेसबुकबाट तपाईको प्रतिक्रिया !