TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

अन्तरजातीय विवाहः बिहे गरेर मिश्रले लजमा छाडेर गएपछि ज्योतिले गरिन आत्महत्या

कथित उच्च जातका केटासंग प्रेम विवाह गरेकी ज्योती पासवानले किन रोजिन् मृत्यु ?


अन्तरजातीय विवाहः बिहे गरेर मिश्रले लजमा छाडेर गएपछि ज्योतिले गरिन आत्महत्या

सप्तरीको सुरुङ्गा नगरपालिका–७ पोखरियाकी २० वर्षीया ज्योति पासवान र छिमेकी २५ वर्षीय कृष्ण मिश्राको प्रेम सम्बन्ध बस्यो। दलित समुदायकी छोरी ज्योति र उच्च जात भनिने ब्राह्मणका छोरा कृष्णको प्रेम गहिरिँदै गयो।

घरपरिवारमा कसैलाई थाह थिएन। दुवैले सँगै मर्ने बाँच्ने कसम खाए। तर उनीहरूले समाजमा रहेको जातीय भेदभावका कारण आफूहरुको प्रेम सफल हुने देखेनन्। आफू ब्राह्मणका छोरा भएकाले घरपरिवारले कुनै पनि हालतमा नस्वीकार्ने देखेपछि कृष्णले ज्योतिलाई भगाएर बिहे गर्ने योजना बुने।

फागुन १० गते राति कृष्णले ज्योतीका घरपरिवार र उनको समुदायलाई जानकारी गराए। ज्योतिलाई लिएर जाने र आफू बिहे गर्ने प्रतिवद्धता गरे। ज्योतिको परिवारजनलाई जानकारी दिएर दुवै जना घरबाट हिँडे।

कृष्ण र ज्योति भागेर तीन महिनासम्म अज्ञातबास जस्तै बसे। कृष्णले आफ्नो फेसबुकमा ज्योतिसँगको तस्बीर बेला बेलामा पोस्टिने गरेका थिए। तर आफू बसेको ठाउँको जानकारी कसैलाई दिएनन्। ज्योतिले घरपरिवारलाई भागेको केही समय पश्चात जनकपुरको एक मन्दिरमा विवाह गरिसकेको बताएकी थिइन्।

केही समयपछि ज्योतिले पनि माइतमा फोन गर्न छाडिन्।

भागेको झण्डै चार महिनापछि गएको असार २ गते सिरहास्थित लहानको पुष्पाञ्जली लजबाट ज्योतिले आमा इनरदेवी पासवानलाई फोन गरिन्।

ज्योतिले दुःखी स्वरमा आमालाई भनिन्, ‘मलाई कृष्णले छाडेर दुई दिनदेखि बेपत्ता छन्। मेरो मोबाइल पनि लगेछन्। पैसाको अभावले खान पाइरहेकी छैन। लजवालाले पैसा तिरेर निस्किन दबाब दिइरहेका छन्। म बिचल्लीमा छु। ठूलो समस्यामा छु।’

बुबा प्रमोदले गाउँ समाजमा छोरीले फोन गरेको जानकारी गराए। समाजका केही अगुवासहित भोलिपल्ट इलाका प्रहरी कार्यालय लहानमा पुगे। त्यहाँबाट प्रहरीसहित छोरी अलपत्र परेको लजमा पुगे र त्यहाँबाट ज्योतिलाई जिम्मा लिएर घर लगे।

झण्डै दुई महिनादेखि आमाबुबासँग घरमै बस्दै आएकी ज्योति कृष्णसँग कुनै सम्पर्क नहुँदा तनावमा थिइन्।

शनिबार बिहान उनी खाना पकाइरहेकी थिइन्। घरमा कोही थिएनन्। आमाबुबा घरभन्दा केही पर गाउँमै सानो चियानास्ताको पसल थापेका छन्। प्रमोद र इनर नास्ता पसलकै केही सामान किन्न करमाहा भन्ने ठाउँमा पुगेका थिए।

जेठी छोरी आरतीले बुबालाई फोन गरेर घरमा चाँडो आउनुस् भनिन्। घर पुग्दा छोरीको अवस्था देखेर बुवा आमाको होसहवास उड्यो। करिब ८ बजे भान्छा कोठामा सलले पासो लागेको अवस्थामा ज्योतिको शव फेला पर्यो।

परिवारजनले छोरी ज्योति डिप्रेसनको कारण आत्महत्या गरेकी बताएका छन्।

‘कृष्ण बेपत्ता भएदेखि कहिल्यै फोन सम्पर्क थिएन। कृष्णले धोका दिएको भन्दै ज्योति केही दिनदेखि डिप्रेसनमा थिइन्। राति मेरी जेठी छोरी आरतीसँगै सुत्थिन्’, बुबा प्रमोदले भने ‘त्यो दिन हामी बुढाबुढी समान किन्न बाहिर गयौं। जेठी छोरी आरती पसलमा थिइन्। ज्योती घरमा खाना पकाउँदै थिइन्। एकछिनमा घर आउँदा छोरी झुण्डिसकेकी रहिछन्।’

कृष्णलाई भगाउनमा उनको घरपरिवार र समाजको संलग्नता रहेको ज्योतिको घरपरिवारको भनाइ छ। ज्योती तल्लो जातकै छोरी रहेकाले कृष्णलाई उनका बुबा अखिलेश मिश्र लगायत घरपरिवारले छाडेर भाग्न सल्लाह दिएको प्रमोदले बताए।

कृष्णले ज्योतिलाई भगाएपछि सिँदुर लगाएको सँगैको तस्बीर बेलाबेला फेसबुकमा पोस्टिने गरेका थिए। त्यो तस्बीर देखेर उच्च ब्राह्मण जातका ज्वाइँ पाएकोमा दलित समुदायका ज्योतीको परिवार खुसी नै थियो। तर कृष्णको परिवारले तल्लो जातको छोरीलाई बुहारी बनाएकोमा असहज महसुस गर्दै आएको दलित समुदायको तर्क छ।

ज्योति बिचल्लीमा परेर परिवारको सम्पर्कमा पुगेपछि आफूलाई मिर्चैयामा कृष्णले डेरा लिएर राखेको जानकारी गराएकी थिइन्। लजमा छाडेर जाने बेला जेठ ३० गते बिहान कृष्णले ज्योतिलाई भनेका थिए ‘लजमा महंगो भाडा छ। कमाउनु पर्छ। अब यही ठाउँमा कोठा खोजेर बसौँ। म कोठा खोज्न जाँदै छु। तिमी बस्दै गर’ बुबा प्रमोदले सुनाए।

यति भनेर ज्योतिको मोबाइल पनि लिएर निस्केका कृष्ण अहिलेसम्म सम्पर्कविहीन नै छन्। कृष्णका घरपरिवारले भने आफूहरुलाई छोराको विषयका केही जानकारी नभएको बताउने गरेका छन्।

घटनापछि ज्योतीका परिवार लगायत दलित समुदायले दोषी कृष्णलगायत उनको परिवारलाई कारबाहीको माग गरेका छन्। ज्योतिलाई प्रेममा पारेर चार महिना यौन शोषण गरेर धोका दिएकै कारण तनावमा ज्योतिले
आत्महत्या गरेको दलित समुदायका अगुवाहरूको निष्कर्ष छ।

सोमबार दलित अगुवासहित ज्योतिको परिवारजन दोषीलाई कारबाहीको माग गर्दै कररबोना इलाका प्रहरी कार्यालय पुगेका थिए। प्रहरीले कृष्णमाथि मात्र ‘आत्महत्या दुरुत्साहन मुद्दा’ चलाउन सक्ने र परिवारजनलाई केही गर्न नसक्ने बताएको ज्योतीका बुबा प्रमोदले बताए।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्तासमेत रहेका डीएसपी माधव प्रसाद काफ्लेले पीडित परिवारको जाहेरी आएपछि घटनाको अनुसन्धानको तथ्यसहित कारबाही प्रक्रिया अघि बढाउने बताए।

ज्योतिको शव पोस्टमार्टमपछि शनिबार नै परिवारले अन्त्येष्टि गरेका छन्।

source:todaypati.com

Previous Post

जनकपुर : एक विद्यालयको सम्पूर्ण विद्यार्थीको रिजल्ट 'सि' ग्रेड, विद्यार्थी आन्दोलीत

Next Post

जनकपुर : एसिड बेच्नेलाई सजाय नगरेकामा एसिड पिडित आरतीको आपत्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर