शेरबहादुर देउवा नेतृत्वको सरकारले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश २ को प्रमुख बनाउने निर्णय गरेको छ ।
बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो । मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरिएको बताइएको छ । मिश्र २०४८ सालमा महोत्तरीबाट नेपाली काँग्रेसको तर्फबाट चुनाव जितेर साँसद बनेका थिए । उनी नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य पनि हुन् । मिश्रका बुवा रामनारायण मिश्र बिपी कोइराला नेतृत्वको सरकारमा २०१६ सालमा उद्योग मन्त्री बनेका थिए ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रदेश २ प्रमुखमा नियुक्त भएका राजेश अहिराज भने पदमुक्त भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !