TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

बलबा नगरपालिकाका मेयरको भ्रष्टाचारी र मन मानी बिरुद्ध स्थानीय यूवाहरुद्वारा प्रदर्शन


बलबा नगरपालिकाका मेयरको भ्रष्टाचारी र मन मानी बिरुद्ध स्थानीय यूवाहरुद्वारा प्रदर्शन

जनताको सेवामा निस्वार्थ भावनाका साथ खटिनु हरेक जनप्रतिनिधिको कर्तव्य हुन्छ । तर, यसको ठ्याक्कै विपरीत कर्तव्यहीन जनप्रतिनिधिदेखि कर्मचारी बनेका छन् महोत्तरी जिल्लाको बलावा नगरपालिका । दस दिनदेखि देशव्यापी भ्रमणमा उनीहरू गएपछि पालिकाको कामकाज ठप्प भएको छ ।

महोत्तरीको बलवा नगरपालिकाका नगरप्रमुख विनोदकुमार यादवदेखि कार्यालय सहयोगीसहित ६० जना जनप्रतिनिधि तथा कर्मचारीहरु १० दिनदेखि देशव्यापी भ्रमणमा निस्केका छन् । बलवा नगरपालिकाको ११ वटा वडामध्ये ८ वटा वडाका वडाअध्यक्ष, कार्यकारी सदस्यहरु, नगरप्रमुख विनोद यादव, नगर उपप्रमुख रितादेवी झा, प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी, ईन्जिनियर कार्तिकेश झा, लेखा अधिकृत शत्रुधन ठाकुर, वडाअध्यक्षहरु वैद्यनाथ झा, दिनेश यादव, सोना उल्ला सेठ, राजकुमार यादवसहित ६० जना देशव्यापी भ्रमणमा निस्केका हुन् । अहिले कार्यालय दर्ता फाटका कर्मचारी विशेस्वर चौधरीको सहारामा चल्दै आएको देखिएको छ । यता मेयरको रवैया विरुद्ध स्थानिय युवाहरु आन्दोलीत भएका छन । स्थानिय युवा वसन्त राज साहका अनुसार वर्षो देखि बलवा नगरपालिकामा अनुहार सम्म नदेखाई जनकपुरधामबाट कार्यालय संचालन गर्दै आएका मेयरले भएभरका सवै कर्मचारीहरुलाई अनिश्चितकालीन भ्रमणमा लगेर सेवाग्राहीहरुलाई समस्यामा पारिदिएको वताए । रातु नदीले बलवा नगरपालिका क्षेत्रको अधिकांश भाग डुबान र कटान भइरहेको समयमा जनप्रतिनिधिहरु जनताको समस्यालाई बेवास्ता गरी भ्रमणमा गएका हुन् । नगरपालिकाको सेवा नै प्रभावित हुने गरी जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा गएकोमा स्थानीयवासीहरु आश्चर्यचकित भएको साहको भनाई रहेको छ ।

सोहि नगरपालिकाका युवा धिरेन्द्र कुमार मण्डलका अनुसार नगरपालिकामा व्यापक भ्रष्टाचार हुदै आएको छ । कामै नगरि व्यापक अनियमीतता हुदै आएको र यस सम्वन्धमा सुचना माग्न जादा मेयरले धम्की दिने गरेको गुनासो गरे । प्रमुख प्रशासकीय अधिकृतलाई सुचना नदिनका लागि मेयरको ठाडो आदेशले सुचनाबाट वंचित गराउदै आएको उनले वताए ।

स्थानियबासी लालबाबु साहका अनुसार मेयर यादवलाई आफुहरुले करिव दुई वर्ष देखि नदेखेको वताए । जतिवेला पनि मेयरको कार्यकक्षमा ताला झुण्डीएकै रहने गरेको वताउछन । उनको अनुसार सडक हिलाम्य छ,पुल भत्केको अवस्थामा छ तर मेयर यादवलाई त्यसदेखि कुनै मतलव छैन ,नगरपालिका पनि आउदैन,उनि जनकपुरधामबाटै कार्यालय संचालन गर्दै आएको वताए ।

उनीहरु करिब एक दसदेखि पोखरा, बागलुङ, चितवन, रामपुर लगायतका स्थानको भ्रमणमा छन् । पालिकाबाट जम्बो टोली भ्रमणमा निस्किएपछि हाल नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प छ भने सेवाग्राहीहरुको समस्या दिनानुदिन बढ्दै गइरहेको छ ।

Previous Post

प्रदेश २ प्रमुखमा हरिशंकर मिश्र नियुक्त, अहिराज पदमुक्त

Next Post

धनुषामा मोटरसाइकलबाट उछिट्टिएकी महिलालाई हाइसले किच्यो, शव उठाउन १९ सेल अश्रु ग्यास प्रहार

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर