वीरगन्जको सिर्सिया बहुअरी चोकमा मंगलवार दिउसो भारतीय नम्बरको ग्यास बुलेटबाट ठक्कर लागेर एकजना ३० वर्षिय युवकको मृत्यु भएको छ ।
घट्नामा पर्साको बहदुरमाई नगरपालिका वडा नम्बर २ पिपरा टोल घर भएका लालबाबु साह तेलीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार वीरगन्जबाट पश्चिमतर्फत साइकलमा गइरहेका साहलाई आइसिपी भन्सार नाकाबाट निस्किएको एनएल ०१ एबि ४३७५ नम्बरको ग्यास बुलेटले दिउँसो साढे १२ बजेतिर ठक्कर दिएको थियो । आइसिपी भन्सार नाका र सुक्खा बन्दरगाह भन्सार नाकाबाट निस्किने गाडिहरु सो चोक भएर आवतजावत गर्ने गरेका छन् । त्यसै वीरगन्जबाट ग्रामिण भेगलाईजोड्ने सडकमा चल्ने गाडिहरुको भिड पनि सोही चौकमा हुने गरेको छ । ट्राफिक ब्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको गल्तीका कारणले दुर्घटना भएको भन्दै सर्वसधारण बटुवा तथा स्थानीयले एक घण्टा चक्का जाम गरेका थिए । त्यहाँ खटिएको प्रहरी युनिट दुईटै भन्सारहरुबाट निस्केका गाडिहरुबाट पैसा असुलीमा ब्यस्त मात्र ब्यस्त रह्ने गरेको प्रदर्शनमा सामेल रहेकाहरुले आरोप लगाए । असुलीमा ब्यस्त ट्राफिक प्रहरीलाई असुली बाहेक सवारी आवागमन ब्यवस्थापनमा चाँसो नहुने गरेको उनीहरुको भनाई थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक सुमन कार्कीले आरोप गलत भएको बताए । ‘घट्नापछि सर्वसधारणबाट बाटो अवरुद्ध भएको थियो तर तुरुन्तै खोलाइयो,’ ट्राफिक प्रहरी निरिक्षक कार्कीले भने, ‘चोकभन्दा पुर्व कलर्भटमा दुर्घट्ना भएको हो, ठक्कर दिने ग्यास बुलेट र त्यसका चालक भारतको मुजफरपुर घर भएका २६ वर्षिय ललन कुमार रायलाई प्रहरीले नियन्त्रणमा लिसकिएको छ ।’ त्यहाँ रह्ने प्रहरी पैसा असुलीमा ब्यस्त भएको भन्ने आरोप निराधार रहेको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !