TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरका मेयर जसपामा, उपमेयर लोसपामा


जनकपुरका मेयर जसपामा, उपमेयर लोसपामा

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी नवगठित लोकतान्त्रिक समाजवादी पार्टीतर्फ लागेका स्थानीय तहका जनप्रतिनिधिले मंगलबारदेखि जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्न थालेका छन् । त्यस्तै, स्थानीय जनप्रतिनिधिहरु नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा लाग्ने क्रम मंगलबारदेखि शुरु भएको छ ।\प्रदेश नम्बर २ मा मंगलबारदेखि नयाँ पार्टीमा प्रवेश गर्ने जनप्रतिनिधिहरुको सनाखत हुन थालेको प्रदेश निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिइन् ।  दल बदलका क्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह राजपाबाट चुनाव जिते पनि अहिले मूल पार्टी जसपामै रहेका छन् भने उपमेयर रीता कुमारी मिश्र भने लोसपातर्फ लागेकी छन् ।

त्यस्तै, जलेश्वरका मेयर रामशंकर मिश्र र भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले भने नयाँ दल लोसपा रोजेका छन् । उनीहरुले निर्वाचन कार्यालय महोत्तरीमा गई लोसपामा सनाखत गरेका हुन् । अन्य जिल्लामा भने को कतिजनाले सनाखत गरे, सोको यकिन हुन अझै समय लाग्ने निर्वाचन कार्यालय बाराले जनाएको छ । पर्सा र रौतहटमा पनि बुधबारदेखि सनाखत हुने निर्वाचन कार्यालयले जनाएको छ । मंगलबार धनुषामा जसपाका ११२ जना जनप्रतिनिधि मध्ये ५४ जनाले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् । त्यस्तै महोत्तरीमा जसपाका २१५ जनप्रतिनिधिमध्ये १०२ जनाले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

एमाले छाडेर एकीकृत समाजवादीमा गएका प्रदेश सांसदहरुले बुधबार र लोसपाका प्रदेश सांसदहरुले बिहीबार सनाखत गर्ने झाले रातोपाटीलाई जनाइन् । शुक्रबारदेखि एकीकृत समाजवादी र लोसपाबाट छुटेका स्थानीय तहका जनप्रतिनिधिहरुले सनाखत गर्ने कार्यक्रम रहेको प्रमुख झाले बताइन् । निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिनका लागि कार्यालयमा स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने भनेको छ । निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिनका लागि कार्यालयमा स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने भनेको छ ।

धनुषाका १८ स्थानीय तहमध्ये मेयर/उपमेयर १२/१२, अध्यक्ष/उपाध्यक्ष ६/६, वडाध्यक्ष १ सय ६९ र सदस्य ६४३ गरी जम्मा ८४८ जना जनप्रतिनिधिहरु छन् । तीमध्ये तात्कालीन राजपा नेपालबाट मेयर/उपमेयर २/२ जना, वडाध्यक्ष २१ र सदस्य ८७ जना गरी १ सय १२ जना जनप्रतिनिधि रहेका थिए । त्यस्तै समाजवादी पार्टीका मेयर÷अध्यक्ष÷उपाध्यक्ष १ /१ जना, वडाअध्यक्ष २३ जना र वडा सदस्यहरु १०८ गरी कुल १३४ जना जनप्रतिनिधिहरु धनुषामा छन् । एकीकरण हुदाँ जसपा नेपालमा कुल २४६ जना जनप्रतिनिधिहरु थिए ।

Previous Post

जनकपुरसहित धनुषाका विद्यालयहरु सञ्चालनमा ल्याउने स्थानीय प्रशासनको निर्णय

Next Post

युवतीलाई गर्भ बोकाएर फरार धनुषाका युवक पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर