पूर्व श्रम तथा रोजगार मन्त्री विमल श्रीवास्तवले जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव चीनको एजेन्ट ( दास) भएको आरोप लगाएका छन् ।
जनता समाजावदी पार्टीबाट टुक्रिएर बनेको लोकतान्त्रिक समाजावादी पार्टी नेपालका गएका मन्त्री श्रीवास्तवले उपेन्द्र यादवले उत्तरी शक्तिसंग मधेसको सौदाबाजी गरिसकेको र डेलिभर गर्न बाँकी रहेको ठोकुवा गरे । वीरगन्ज स्थित नारायणी अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लाण्टको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै पुर्वमन्त्री श्रीवास्तवले यस्तो आरोप लगाएका हुन् । जसपाबाट टुक्रिएर बनेको लोसपाका सांसद समेत रहेका श्रीवास्तवले जसपा अध्यक्ष उपेन्द्र यादव बिचित्र किसिमको मान्छे भएको बताउदै भने ,‘ यादव चीनको एजेण्ट हो , मालिकले जे भन्छ उसले त्यहि गर्छ । अहिले उपेन्द्रले प्रयोग गर्दै आएको डेढ करोड रुपैया मुल्यको गाडी पार्टिको नाउमा खरिद गरिएको भनिए पनि यावदका विदेशि मालिकले नै दिएको श्रीवास्तवले खुलासा गरे । उपेन्द्र यादवले मधेसको युवालाई फसाएर मधेसको सौदाबाजी गर्ने र जहिले पनि आफनो स्वार्थ सिद्ध गर्न मात्र ततपर रहेको चर्चा गरे ।गत शनिवार उपेन्द्र यादवले वीरगंजको नगर सभामा आयोजित अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्दै लोसपाका नेताहरु किन टुक्रिए भने बारेमा कडा भाषण दिदै महन्थ ठाकुर पक्षका आलोचना गरेका थिए ।त्यसैको काउन्टरमा सासद श्रीवास्तवले राष्टिय अध्यक्ष उपेन्द्र यादवको आलोचना गरेका हुन् । उनले उपेन्द्र यादवकै स्वार्थी प्रवृतिको कारण आफुले महन्थ ठाकुरको पार्टीमा गएको पनि खुलाएका थिए ।उपेन्द्र यादवले जसको बलमा पर्सामा खुटा टेकेका थिए,तिनै नेतालाई विगतमा विदेशी शक्तिको इशारामा ६ महिना सम्म कारबाही गरेको पनि उदाहरण देखिएको बताए ।
उपेन्द्रले जहिले पनि पद,पैसा र विलासिताको लागि मधेसलाई बेच्ने खेलामा लागेको पनि आरोप लगाए । श्रीवास्तवले जसपा अध्यक्ष उपेन्द्रको चरित्र माथि पनि गम्भिर आरोप लगाए । उनले उपेन्द्र पद सम्पति र सुन्दरीको सौखीन भएको आरोप समेत लगाए । उपेन्द्रसंग आफनो छोटो राजनितिक संगत मात्रै भएको बताउदै श्रीवास्तवले भने ,‘ छोटै समयको संगतमा मैले थाहा पाएको कुरा के हो भने उपेन्द्र भन्ने मान्छे पद , पैसा र मासुका (सुन्दरी) को शौखिन हो , यी तीन कुरा भएन भने उ बाँच्नै सक्दैन ।यी सबै कुरा पर्तीको लागी उनलाई मधेसको नाउमा जहिले पनि सत्तामा पुगी रहने अर्थात मन्त्री बनी रहने कहिले पनि नघाउने भोख रहेको श्रीवास्तवले दाबी समेत गरे ।
उपेन्द्रले आफुलाइ उपप्रधानमन्त्री दिनु पर्ने अडान राखेका कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको बताए । २०७४ मा स्थानीय तहको निर्वाचनमा श्रीवास्तव , तत्कालीन विजय गच्छेदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट वीरगन्ज महानगरको मेयरमा चुनाव लडेका थिए ।
मेयरमा पराजित भएपछि २०७४ मै भएको प्रतिनिधीसभा निर्वाचनको पुर्व सन्ध्यामा श्रीवास्तवलाइ उपेन्द्र यादवले महोत्तरी बर्दिवासको एक होटलमा बोलाएर आफनो पार्टीमा प्रवेश गरेका थिए । केपी ओली सरकारमा जसपाका महन्थ ठाकुर सहभागी भएपछि उपेन्द्रलाइ छाडेर ठाकुर समुहमा लागेका श्रीवास्तव श्रम तथा रोजगार मन्त्री बनेका थिए । अहिले सरकारले दल विभाजनको अध्यादेश ल्याएपछि श्रीवास्तव , ठाकुर समुहले जसपाबाट टुक्रयाएर बनाएको लोसपामा लागेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !