TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

नगरपालिकामा कर्मचारी भर्नाको प्रश्नपत्र ‘आउट’


नगरपालिकामा कर्मचारी भर्नाको प्रश्नपत्र ‘आउट’

प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा धनुषाका एक स्थानीय तहले कर्मचारी भर्ना प्रक्रियामा ‘सेटिङ्ग’ गरेर प्रश्नपत्र आउट गरेको पाइएको छ । करारमा कर्मचारी भर्ना प्रक्रियाका लागि लिइने परीक्षामा प्रमुख प्रशासकीय अधिकृतले नै ‘सेटिङ्ग’ गरी ‘सेटिङ्ग’मा परेका परीक्षार्थीहरुलाई पहिला नै प्रश्नपत्र दिइएको पाइएको हो ।

जिल्लाका गणेशमान चारनाथ चारनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद काफ्लेको मिलोमतोमा विभिन्न पदमा करारमा कर्मचारी भर्ना गर्ने प्रक्रियाका लागि भदौ १५ मा भएको परीक्षाको प्रश्नपत्र पहिला नै बाहिरिएको छ । प्रश्नपत्र बाहिरिएपछि नगरपालिकाले विभिन्न सातवटा पदका लागि लिएको परीक्षा रद्द गरेको छ । नगरपालिकाले ०७७ चैत्र २२ मा विभिन्न पाँचवटा पदका लागि जम्मा पाँचजना र ०७८ साउन १२ मा दुईवटा पदका लागि गरी जम्मा तीनजना कर्मचारीको मागसहित विज्ञापन गरेको थियो । ०७७ चैत्र २२ मा रोजगार संयोजक, प्राविधिक सहायक, सूचना प्रविधि अधिकृत, जेटीए (कृषि), ल्याब असिस्टेन्ट एकरएक जना गरी पाँच जना र ०७८ साउन १२ मा उद्यम विकास सहजकर्ता दुईजना र हलुका सवारी चालक एकजना गरी जम्मा आठ जना कर्मचारीको मागसहित विज्ञापन आह्वान गरेको थियो ।

उक्त विज्ञापनअनुसार आवेदन पेश गरेकाहरूमध्येबाट छनोट प्रक्रियाका लागि भदौ १५ मा लिखित परीक्षा हुने भनी भदौ ८ मा छोटो सूची प्रकाशन गरिएको थियो । तर उक्त पदहरूको परीक्षा हुनुअगावै मिलोमतोमा प्रमुख प्रशासकीय अधिकृत काफ्लेले कार्यालयकै एकजना कार्यालय सहयोगीलाई परिचालन गरी रकमको चलखेलमा ‘सेटिङ’ गरेकाहरूलाई प्रश्नपत्र पुर्‍याउन लगाएका थिए । उक्त नगरपालिकाका एक कार्यपालिका सदस्यका अनुसार प्रमुख प्रशासकीय अधिकृत काफ्लेले जनप्रतिनिधिहरूलाई कर्मचारी भर्ना पूर्णरुपमा स्वच्छ तरिकाले गर्ने भनेका थिए । तर काफ्लेले भित्रभित्रै रकमको चलखेल गरी परीक्षाभन्दा अगावै प्रश्नपत्र ‘आउट’ गरेको सूचना पाएपछि नगरपालिकाको बैठकबाट उक्त परीक्षाहरु रद्द गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत काफ्लेले प्रश्नपत्र ‘आउट’ भएको बारे आफूलाई जानकारी नभएको‚ तर भदौ १५ मा भएको परीक्षा रद्द गरिएको बताए । मकालु खबरसँग उनले भने, ‘प्रश्नपत्र आउट भएको बारे मलाई जानकारी छैन, तर मेयर साहेबको अध्यक्षतामा बसेको बैठकले परीक्षाचाहिँ रद्द गरिएको छ ।’ प्रश्नपत्र ‘आउट’ भएको विषयमा छानबिन र दोषीलाई कारबाहीबारे के हुन्छ ? भन्ने जिज्ञासामा काफ्लेले छानबिन र कारबाहीमा पालिकाको अधिकार रहेकाले यसबारे आफूले केही भन्न नमिल्ने बताए । समाचार श्रोत टुडेखोज डट कम

Previous Post

जनकपुरधाममा उपेन्द्र यादवलाई मुख्यमन्त्री राउतले गरे स्वागत

Next Post

जनकपुरधाममा छाडा चौपायाले गर्दा सडक अस्तव्यस्त, नगरपालिका र ट्राफिक मुकदर्शक

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर