सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ ।
विश्व व्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण रोकिएको लाइसेन्सको ट्रायल यही महिनाबाट सुरु हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।विभागले भदौ २० गतेदेखि लाइसेन्सको ट्रायल सुरु गर्न देशैभरीको यातायात कार्यालयमा पत्राचार गरिसकेको छ ।
विभागले लाइसेन्सको आवेदन दिएका आवेदकको ट्रायल लिखित र ट्रायल परीक्षा सकेपछि मात्रै नयाँ आवेदन खुलाउने बताएको छ ।लाइसेन्सको लागि आवेदन दिनेहरूको सङ्ख्या देशभरबाट ६ लाख पुगेको छ । यी आवेदकको परीक्षा नसकी नयाँ आवेदन नखुलाउने विभागको तयारी छ ।
लिखित र ट्रायल परीक्षाका लागि आवेदकले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गर्ने विभागले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !