TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रदेश सरकारले खरिद गरेको ५ वटा बस कवाड बन्दै


प्रदेश सरकारले खरिद गरेको ५ वटा बस कवाड बन्दै

आवश्यक ऐन कानुन नै नबनाई हतारमा प्रदेश सरकारले खरिद गरेको ५ वटा बस कवाड बन्दै गएको छ । ४ करोडमा खरिद गरिएको ५ वटा बस संचालन नभएर मधेश भवन परिसरमा थल्काएर राखिएको छ । गएको कात्तिक महिनामा धनतेरसको अवसर पारेर प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले पाँच वटा बस भित्र्याएको थियो । तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले तामझामका साथ बस मधेश भवनमा ल्याएको थियो । केही दिनभित्रै आवश्यक ऐन कानुन बनाएर बस संचालनमा ल्याउने भनिएको थियो । अस्थायी राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उदेश्यले प्रदेश सरकारले बस खरिद गरेको थियो । तर बस संचालनको लागि आवश्यक पर्ने ऐन कानुन तथा कार्यविधि नै निर्माण नहुँदा बस अहिले खुल्ला आकाश मुनि थन्काईएको छ ।

खुला आकाशमुनि राखिएको बसको रङ उप्किन हुनुको साथै बैट्री, ईन्जिन, टायर लगायतका खराव हुदै गएको छ । बस संचालनका लागि फेरि लाखौ रुपैया खर्च गर्नुपर्ने अवस्था रहेको एक जानकारले बताए । बस खरिद गरिएपनि चालक, बसको भाडा दर तथा बस संचालनको लागि आवश्यक निर्देशिका निर्माणमा भौतिक पुर्वाधार मन्त्रालयले जोड दिन सकेको छैन । तत्कालीन भौतिक पुर्वाधार विकास मन्त्री सोनलले मन्त्री जाने सुईको पाएर बस संचालन सम्बन्धि ऐन कानुन तथा कार्यमा ध्यान नै नदिई हतारमा बस किनेर थन्काएर, एक कर्मचारी भने,‘ बस खरिद गर्नु अघि त्यसको सबै विषयमा छलफल गर्नुपथ्र्याे, त्यसलाई कसरी चलाउने त्यसको कार्यविधि बनाउनु पथ्र्याे । तर त्यो नगरि मन्त्री ज्युले कमिशनको दाउमा सोभैm बस खरिद गरेर थन्काउनुभयो ।

भौतिक पुर्वाधार मन्त्रालयका सचिव दिपक कुमार दासले भने,‘ बस खरिद गर्नुभन्दा त्यसको संचालनको कार्यविधि तथा कसरी चलाउने विषय स्पष्ट हुनुपथ्र्याे । तर त्यस्तो केहि गरिएको थिएन, त्यसैले बस अहिले त्यतिकै राखिएको छ । अव कार्यविधि बनाउदै छौ ।’ तर सत्तारुढ पार्टी जनता समाजवादी पार्टीमा विभाजनको अवस्थामा पुग्दा सोनल मन्त्रीबाट हटाइएपछि अहिले नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादव उक्त मन्त्रालय सम्हालेका छन् । यादव मन्त्री भएको दुई महिना भन्दा बढि समय भईसक्दा पनि अहिले सम्म बस संचालनमा कुनै चासो देखाएका छैनन् । भौतिक पुर्वाधार मन्त्रालयका सचिव दिपक कुमार दासले भने,‘ अहिले सम्म बस संचालनको कार्यविधि बन्न सकेको छैन, कार्यविधि बनाएर चाडै नै बस संचालन हुन्छ ।’ प्रदेश सरकारले आफ्ैले बस चलाउने भनिएको थियो । तर अहिले त्यो बस संचालन कसरी गर्ने भने प्रदेश सरकारलाई चुनौति थपिएको छ । प्रदेश सरकारले आफ्ैले बस चलाउन नसक्ने भन्दै सचिव दासले भने,‘ प्रदेश सरकारले आफै बस चलाउन सक्दैन, त्यो संचालनको युनिट पनि प्रदेश सरकारसँग छैन । फेरि त्यसलाई चलाएको खण्डमा प्रदेश सरकारलाई थप आर्थिक भार पर्न जान्छ ।’ ४ करोडमा खरिद गरिएको बस प्रदेश सरकारले आफैले चलायो भने वार्षिक ८ करोड खर्च हुन जान्छ, सचिव दासले भने,‘ यो सिस्टम सबै ठाउँमा फेल भईसकेको छ । त्यसैले यसलाई लिजमा लगाउने वा कुनै प्रतिष्ठानमा दिने विषयमा छलफल भईरहेको छ ।

तत्कालीन आन्तरिक मामिला तथा संचार मन्त्री ज्ञानेन्द्र कुमार यादवले खरिद गरेको ९ वटा बरुण यन्त्र वितरण कार्य सुरु गरिएको छ । आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले तीन वटा बरुण यन्त्र महोत्तरी र धनुषा तथा पर्सा जिल्लामा एक÷एक वटा बरुण यन्त्र हस्तान्तरण गरेका छन् । साभार ईजनकपुरटुडेडटकम

Previous Post

जसपालाई ठुलो झट्का, उपेन्द्र यादव आफैले रोजे लोसपा

Next Post

बङ्गाल खाडीको न्यून चापीय क्षेत्रको प्रभाव कायमै, यी क्षेत्रमा भारी वर्षा हुने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर