TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

पेट्रोल र मट्टितेलको दाम कम हुने, भारतको मोतिहारीबाट पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल आउँदै


पेट्रोल र मट्टितेलको दाम कम हुने, भारतको मोतिहारीबाट पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल आउँदै

पेट्रोल र मट्टितेलको दाम कम हुने भएको छ । भारतको मोतिहारीबाट ल्याएको पेट्रोलियम पाइपलाइनबाट हाल डिजेल मात्रै आयात गरिँदै आएकोमा अब भने नेपाल आयल निगमले सोही पाइपलाइनको माध्यमबाट पेट्रोल र मट्टितेल समेत ल्याउने कार्यको थालनी गरेको निगमको २ नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादवले बताए ।

अबको केही समयभित्रमै भारतको मोतिहारीबाट ल्याएको पेट्रोलियम पाइप लाइनबाट पेट्रोल र मट्टितेलसमेत ल्याइने छ । पाइप लाइनबाट पेट्रोल र मट्टितेल ल्याउँदा राज्यलाई ढुवानी भाडा बापतको ९ करोड रुपैयाँ मासिक फाइदा हुने यादवले बताए । काठमाडौँ, पोखरा, विराटनगर, भैरहवा, जनकपुरलगायतका स्थानमा अमलेखगञ्ज डिपोद्वारा पेट्रोलियम पदार्थ वितरण हुँदै आएको छ । ‘पाइपलाइनबाट ल्याउँदा प्राविधिक नोक्सानी अन्तर्गतको हुने मासिक २ करोड नोक्सानी समेत नेपाल आयल निगमको कम हुन्छ,’ उनले भने । सबै कुरा गरेर निगमको मासिक ११ करोड रुपैयाँ बचत हुने यादवको भनाइ रहेको छ ।एउटा ट्याङ्कर भारतको बरुनी डिपोमा गएर पेट्रोलियम पदार्थ ल्याउँदा ४५ हजार गाडी भाडा लाग्ने गरेको छ । मासिक २ हजार ट्याङ्कर २ सय ५० किलोमिटरको दुरी पार गरेर भारत जाने गरेका छन् । यसका लागि करिब २ सय लिटर डिजेल समेत लाग्ने गरेको कार्यालय प्रमुख यादवले बताए । उनीहरूले त्यहाँ भारतको राज्य कर, टोल ट्याक्स खाना खर्चलगायतमा न्यूनतम ५ हजार खर्च गर्दछन् । भारतको मोतिहारीबाट नेपालको बारा जिल्ला अमलेखगञ्जमा रहेको २ नम्बर प्रादेशिक कार्यालयसम्म ६९ किलोमिटर पाइपलाइन भारतीय आयल कर्पोरेसनको सहयोगमा निर्माण भएको हो ।

त्यसको भण्डारणको लागि चाहिने ट्याङ्की अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्न करिब ३५ देखि ४० करोड लाग्ने उनको भनाइ छ । मासिक पेट्रोल ल्याउन लाग्ने भाडा नौ करोड र प्राविधिक नोक्सानी २ करोड गरी ११ करोडको हिसाब गर्दा चार महिनाको ढुवानी भाडाले एउटा ५ हजार केएलको भण्डारण गृह बनाउन सकिने निगमले जानकारी दिएको छ । त्यसको पहिलो चरण अन्तर्गत नेपाल आयल निगमका २ नम्बर प्रादेशिक कार्यालयका प्रमुख यादवको नेतृत्वमा प्राविधिक टोली गत हप्ता मात्र भारत गएको थियो । सो क्रममा एउटै पाइपलाइनबाट आउने डिजेल, पेट्रोल र मट्टितेललाई कसरी फरक–फरक भण्डारण ट्याङ्कीमा राख्ने, गुणस्तर कायम गर्ने भन्ने विषयमा निगमका प्राविधिकहरूले सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेका छन् ।

नेपालभरबाट दैनिक करिब ३ सय ट्याङ्कर पेट्रोलियम पदार्थ लिन भारत जाने गरेका छन् । २०७६ भदौ २४ गतेदेखि नेपालमा पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको हो । भारतको मोतिहारीबाट नेपालको बारा जिल्ला अमलेखगञ्जमा रहेको २ नम्बर प्रादेशिक कार्यालयसम्म ६९ किलोमिटर पाइपलाइन भारतीय आयल कर्पोरेसनको सहयोगमा निर्माण भएको ।

Previous Post

बङ्गाल खाडीको न्यून चापीय क्षेत्रको प्रभाव कायमै, यी क्षेत्रमा भारी वर्षा हुने

Next Post

जनकपुरधामस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका नियुक्तिहरू कानुन विपरीत ठहर, सबै कर्मचारीको तलब रोक्का

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर