TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

कमला नगरपालिकाको बजेट अनुमान पारित, पूर्वाधार विकासलाई प्राथमिकता


कमला नगरपालिकाको बजेट अनुमान पारित, पूर्वाधार विकासलाई प्राथमिकता

जनकपुरधाम, भदौ २४ गते । धनुषाको कमला नगरपालिकाले चालू आर्थिक वर्षका लागि लगभग ५२ करोड ७० करोड रुपैयाँको अनुमानित बजेट पारित गरेको छ । गत सोमबार सम्पन्न नगरपालिकाको पाँचौं नगरसभाले ५२ करोड ७० लाख ४० हजार पाँच सय ९० रुपैयाँको बजेट अनुमान पारित गरेको हो ।नगरपालिकाले खुला, पारदर्शी र जनसहभागितामा सम्पन्न नगरसभाबाट बजेटअनुमान पारित गराएकोे हो । बन्दकोठाभित्र नगरसभा गर्ने स्थानीय तहको अभ्यासविपरीत कमला नगरपालिकाको नगरसभा खुला ढंगले गरिएकाले यहाँका जनप्रतिनिधिहरू जनअउत्तरदायी र सुशासनका पक्षधर रहेको टिप्पणी गरिएको छ ।

नगरप्रमुख रामउदगार गोइतको अध्यक्षता तथा नगरका जेष्ठ नागरिक सोभित गोहितमानको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभाबाट पारित बजेट अनुमानमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढानले जानकारी दिए । उनले भने, ‘सडक, सिँचाइ, कृषि, शिक्षा र स्वाथ्य क्षेत्रमा पूर्वाधार विकास गरी नगरपालिका क्षेत्रलाई आधारभूत आवश्यकतामा आत्मनिर्भर र समुन्नत बनाउने उद्देश्यले पूर्वाधार विकासमा जोड दिनेगरी बजेटअनुमान पारित गराइएको हो ।’

जिल्लाको पूर्वीदक्षिणी भेगस्थित कमला नगरपालिकाका अधिकांश व्यक्तिको आजीविका धान्ने पेसा कृषि छ । कृषिजन्य उत्पादन वृद्धि र उत्पादित सामग्रीलाई बजारसँग जोड्न भौतिक पूर्वाधार आवश्यक रहेको ठहरका आधारमा यस क्षेत्रलाई प्राथमिकतामा राखिएको स्थानीय जनप्रतिनिधिहरूले बताए । नगरपालिकाभित्र निर्माणाधीन एवम् बाँकी पूर्वाधार विकासका कामलाई प्रथमिककीकरण गरी बजेट अनुमान पारित गराइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सढानको भनाइ छ ।

पारित गरिएको बजेट अनुमानमा राजश्व बाँडफाँडक्रममा संघ सरकारबाट प्राप्त रकम र मालपोत राजश्व गरी आठ करोड ९७ लाख २१ हजार, प्रदेश सरकारद्वारा राजश्व बाँडफाँडबाट प्राप्त ५० लाख, संघ सरकारका समानीकरण अनुदान र सशर्त अनुदानबाट प्राप्त हुने २८ करोड ७८ लााख, प्रदेश सरकारका वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी २ करोड ९३ लाख ९६ हजार रुपैयाँ समाविष्ट गरिएको छ । संघ सरकारबाट प्राप्त हुने विशेष अनुदान र समपूरक अनुदान बजेट अनुमानमा समावेश गरिएका छैनन् ।

आन्तरिक स्रोततर्फ स्थानीय तहले संकलन गर्ने शीर्षकका करबाट प्राप्त हुने ४९ लाख ६० हजारसमेत पारित बजेट अनुमानमा छ । गत वर्ष नगरपालिकाको नाममा मौज्दात रहेको १२ करोड ३१ लाख २३ हजार ५९० रुपैयाँ पनि बजेट अनुमानको हिस्सा बनेको छ । नगरसभामा नगरपालिकाकी उपप्रमुख शीलादेवी मण्डल, वडाध्यक्षहरू, समाजसेवी, नागरिक समाजका सदस्यहरू, कर्मचारी आदिको उपस्थिति रहेको थियो ।

Previous Post

नेपालमा भेट्यो ग्यास र पेट्रोलको खानी

Next Post

प्रदेश २ मा फेरि कोरोना संक्रमण बढ्दै, पुन निषेधाज्ञा लागु हुन सक्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर