TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

नेपाल पनि निपा भाइरस संक्रमणको जोखिममा ! अस्पतालहरुलाई ‘अलर्ट’ हुन निर्देशन


नेपाल पनि निपा भाइरस संक्रमणको जोखिममा ! अस्पतालहरुलाई ‘अलर्ट’ हुन निर्देशन

निपा भाइरसको संक्रमण फैलन नदिन नेपालमा पूर्वतयारी थालिएको छ । यो रोगको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी स्वरुप देशभरका अस्पतालहरुलाई ‘अलर्ट’ हुन बिहीबार निर्देशन दियो । रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउने व्यवस्था मिलाउन अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनेल साइट/अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो । भारतको केरलामा भेटिएको निपा भाइरसको संक्रमणको अवस्थाबारे छलफल गर्दै मन्त्रालयले त्यस्ता केसहरु देखा परेमा विस्तृत विवरणसहित परीक्षणका लागि संकलित नमुना टेकुमा पठाउन अस्पतालहरुलाई निर्देशन दिएको थियो । केरलामा यो भाइरसबाट गत आइतबार १२ वर्षीय एक बालकको मृत्यु भएको थियो । केरलाको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका बालकको क्लोज कन्ट्याक्टमा रहेका १८ र संक्रमण सरेको हुन सक्ने सम्भावना भएका १५० भन्दा धेरैलाई क्वारेन्टिन राखेर नमुना परीक्षण गरियो । तर सबैको निपा परीक्षण नेगेटिभ आएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शंकास्पद बिरामीहरुको नमुना परीक्षणका लागि प्रयोगशालासम्म ल्याउने मेकानिज पनि मन्त्रालयसँग रहेको बताए । डा. पौडेलका अनुसार देशभरका जिल्ला, प्रदेश, एवं केन्द्रीय गरी ११८ वटा अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनेल साइट/अस्पतालहरु छन् ।

के हो यो रोग ?

निपा भाइरस एक जुनोटिक भाइरस हो । जुन जनावरबाट मानिसमा सर्छ र मानिसको खानाको माध्यमबाट वा प्रत्यक्ष रुपमा मानिसबाट अर्को मानिसमा पनि सर्न सक्छ । यो भाइरसको संक्रमणले मानिसमा कुनै लक्षण नदेखिनेदेखि श्वासप्रश्वाससम्बन्धी समस्या र अझै घातक समस्या देखिन सक्छ । यो भाइरसको संक्रमणको कारण बङ्गुरजस्ता जनावरमा झन् गम्भीर किसिमका रोग देखिन्छ । जसको कारण विशेषगरी किसानहरुलाई धेरै आर्थिक क्षतिसमेत हुने गरेको छ ।

कहाँ देखियो पहिलोपटक निपा भाइरसको संक्रमण ?

निपा भाइरस पहिलोपटक सन् १९९९ मा मलेसियाको बङ्गुर फार्ममा फेला परेको थियो । त्यसयता मलेसियामा यो भाइरस देखिएको छैन । सन् २००१ मा बंगलादेशमा पनि यो भाइरस देखिएको थियो । त्यसयता बंगलादेश तथा पूर्वी भारतमा वर्षको एकपटकजस्तो यो भाइरस देखिँदै आएको छ । यो भाइरस कम्बोडिया, घाना, इन्डोनेसिया, माडागास्कर, फिलिपिन्स र थाइल्याण्डमा पनि देखिइसकेको छ । यो रोग संक्रमित जनावरको सम्पर्कमा आएका मानिस तथा यो भाइरसको संक्रमण देखिएका चरा तथा जनावरले टोकेको वा विष्टा गरेको फलफूलबाट पनि मानिसमा सर्न सक्छ । त्यस्तै यो भाइरसको संक्रमण देखिएका मानिसको परिवार तथा स्याहार गर्ने मानिसमा पनि यसको संक्रमण देखिएको छ । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यो भाइरस विशेषगरी ‘फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ । यो भाइरसले चमेरोलाई केही असर गर्दैन, तर मानिसमा सजिलै सर्न सक्छ ।

लक्षण के हो ?

  • ज्वरो आउने ।
  • शरीर, घाँटी र टाउको दुख्ने ।
  • विस्तारै रिंगटा लाग्ने, लोलाउने र बेहोस हुने ।
  • वान्ता हुने ।
  • शरीर कमजोर हुने ।
  • नसासम्बन्धी समस्या देखिने ।
  • शरीरमा एलर्जीलगायतका अन्य समस्या देखिने ।
  • कसैकसैलाई निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने ।
  • मानसिक असन्तुलन पैदा गर्ने ।
  • लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमामा जान सक्ने ।

कसरी बच्ने ?

डा. पुनका अनुसार यो रोग लागेका १० जना बिरामीमध्ये ५ जनाको मृत्यु हुने गर्छ । यो भाइरसको संक्रमणविरुद्ध अहिलेसम्म कुनै पनि औषधि र खोप पत्ता लागेको छैन । त्यसैले यो रोग पहिचान भएका स्थानमा चमेरा तथा बङ्गुरको सम्पर्कबाट टाढै बस्नुपर्ने डा. पुनको सुझाव छ । निपा भाइरस संक्रमित व्यक्तिको क्लोज कन्ट्याकमा रहेका व्यक्तिहरुलाई क्वारेन्टिनमा राखेर परीक्षण गरी संक्रमण भए नभएको छुट्याएर उपचार गर्नुपर्ने डा. पुन बताउँछन् । यसको संक्रमण भएमा २० देखि ४८ घण्टामा बिरामी कोमामा पुर्‍याउने डा. पुनको भनाइ छ । बिरामी निको भए पनि त्यस्तो व्यक्तिको स्नायु प्रणालीमा केही असर भने बाँकी नै रहने उनले बताए । यो भाइरस मानिसमा लागेपछि परीक्षण गर्दा देखिन सामान्यतया ४ देखि १४ दिनसम्म लाग्छ । कुनै कुनै अवस्थामा भने ४५ दिनसम्म पनि लक्षण नदेखिन सक्छ । यो भाइरसको संक्रमणको कारण मृत्यु हुने दर भने ४० देखि ७५ प्रतिशतसम्म पनि हुन सक्छ । मृत्युदर भाइरसको संक्रमणको प्रकृतिअनुसार फरक–फरक पर्छ ।

Previous Post

एमसीसी बारे सरकारले सुझाव मागे, दिन्छु : सीके राउत

Next Post

दुईपांग्रे सवारीको कर बढ्यो, मोटरसाइकलको मूल्य बढ्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर