TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रतिमान निमा स्मृति फाउण्डेशनद्वारा प्रदेश २ सरकारलाई एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण


प्रतिमान निमा स्मृति फाउण्डेशनद्वारा प्रदेश २ सरकारलाई एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

प्रदेश २ सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले करिब एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सोमबार जनकपुरधामस्थित प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि एक करोड मुल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।अमेरिकी गैर सरकारी संस्था होपको सहयोगमा फाउण्डेशनले उक्त सामग्रीहरु मुख्यमन्त्री लालबाबु राउत मार्फत आज प्रदेश सरकारलाई सो सरसमानहरु हस्तान्तरण गरेका छन । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले, आगामी दिनहरुमा प्रदेश सरकारसंग समन्वय गरि यस प्रदेशमा कोरोना महामारीसंग लड्न र बच्नका लागी आवश्यक पर्ने सामाग्री, प्रशिक्षण लगायतका सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिमान निमा स्मृति फाउण्डेशनलाई उक्त स्वास्थ्य सामाग्री नि स्वार्थ भावनाले उपलब्ध गराइदिएकोमा हृदय देखि धन्यवाद दिनुभयो । मुख्यमन्त्री राउतले आगामी दिनमा पनि फाउण्डेशनले यसरीनै प्रदेशवासीलाई सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो ।

हस्तान्तरित सामग्रीहरुमा गाउन २४०० थान, फेस शिल्ड २३३२ थान, मास्क ८४०० थान, एन ९५ डिस्पोजेबल मास्क १८०० थान, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टीभ फेस शिल्ड १८९० थान, पिपिई मेडियम २७६, पिपिई लार्ज २७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५३६० थान रहेको छ ।उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव हरि प्रसाद मैनाली, स्वास्थ्य आपूर्ति निर्देशक डा. प्रमोद यादव सहितको उपस्थिति रहेको थियो ।

Previous Post

धनुषा, महोत्तरीसंग जुटेका सम्पूर्ण भारतीय बोर्डर सिल गरिने, आवत जावतमा पूर्ण रोक

Next Post

अघि बढेन काठमाण्डु–रक्सौल रेलमार्ग

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर