धनुषा जिल्लाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डललाई भौतिक रुपमा उपस्थित भई बयान दिन उच्च अदालत जनकपुरले आदेश गरेको छ ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले साउन २८ गते हँसपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको केशवकुमार अधिकारीले आफुलाई कार्यालयमा हाजिर हुन नदिएको भन्दै उच्च अदालतमा रिट निवेदन पेश गरेपछि उच्च अदालत जनकपुरले साउन ९ गते अधिकारीलाई हाजिर गर्नबाट रोक लगाउने कार्य नगर्नु नगराउनु भनी विपक्षी हँसपुर नगरपालिकाको कार्यालय समेतका नाउँमा अन्तरिम आदेश जारी गरिएको थियो ।
तर, मेयर मण्डल र प्रमुख प्रशाकीय अधिकृत मण्डलले अदालतको अन्तरिम आदेशको अवाज्ञा गर्दै मन्त्रालयले तोकेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई भने उपस्थित हुन दिएन् । अदालतले अन्तरिम आदेश जारी गरेपनि अधिकारीलाई उपस्थित नगराउनु नगरपालिकाले लिखित रुपमानै ठाडै यस अदालतको आदेशलाई चुनौति दिएको देखिएको न्यायधिशद्वय हरिप्रसाद वाग्ले र रमेश ढकालले निर्णय गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !