धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ कुम्हरामा गएराति डकैती भएको छ ।
स्थानीय सिटहु यादवको घरमा डकैती भएको छ। राति करिव १ बजेको समयमा डकैती भएको बताइएको छ ।
लुटपाट पश्चात डकैतले बिस्फोट गराएको शंकास्पद वस्तुमा दुईजना घाइते भएका छन् । विस्फोट घरको पछाडी तिर भएको स्थानीयहरुको भनाई छ ।
यता धारापानीको प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !