TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

स्थानीय तहमा १ हजार जनस्वास्थ्य निरीक्षक नियुक्त हुने, तलब ५६ हजार ८०५ रुपैयाँ


थप ६८२५ जनामा संक्रमण पुष्टि, ५९०४ जना निको

सरकारले स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक राख्ने नीतिगत व्यवस्था गरेको छ । कोभिड-१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालनसम्वन्धी कार्यविधि २०७८ (पहिलो संसोधन) जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त गर्ने बाटो खोलेको हो ।

कोरोना महामारीको समयमा जनस्वास्थ्यको काम प्रभावकारी बनाउन स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक राख्न लागिएको हो । यसअघि नै जनस्वास्थ्य निरीक्षक परिचालनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ जारी भएको थियो ।

उक्त कार्यविधिमा जनस्वास्थ्य निरीक्षकको योग्यतालगायतका विषय स्पष्ट नभएकाले संशोधन गरेर जारी गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । स्थानीय तहमा रहने जनस्वास्थ्य निरीक्षकको न्युनतम योग्यता जनस्वास्थ्य विषयमा कम्तीमा स्नातक गरेको हुनुपर्नेछ ।

कहाँ कति जना खटाइने छ ?

कार्यविधि अनुसार काठमाडौं महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५–५ जना जनस्वास्थ्य निरीक्षकहरु रहने छन् । त्यसैगरी उप–महानगरपालिकामा ३–३ जना, नगरपालिकामा २–२ जना र गाउँपालिकामा १–१ जना जनस्वास्थ्य निरीक्षक रहनेछन् ।

तलब स्केल कति हुनेछ ?

कार्यविधि अनुसार उनीहरुको सुरुवाती तलब स्केल ३७ हजार ७० रुपैयाँ र ५० प्रतिशत जोखिम भत्ता १ हजार ९३५ रुपैयाँ गरी कुल ५६ हजार ८०५ रुपैयाँ हुनेछ । कार्यविधिमा जनस्वास्थ्य निरीक्षकको सेवा अवधी १ बर्षको हुने र महामारीको अवस्था मुल्यांकन गरी पदावधि थप गर्न सकिने उल्लेख छ । मन्त्रालयले अहिले फाजिलमा रहेका स्थायी स्वास्थ्यकर्मीलाई जनस्वास्थ्य निरीक्षकको रुपमा प्राथमिकता दिने बताएको छ ।

जनस्वास्थ्य निरीक्षक काम के हुनेछ ?

जनस्वास्थ्य निरीक्षकहरुले स्वास्थ्य कार्यालयका प्रमुख तथा स्थानीय तहका स्वास्थ्य संयोजकको समन्वयमा काम गर्नुपर्नेछ । तीन तहको जनस्वास्थ्य समन्वय गर्न, क्वारेन्टिन र आइसोलसन निगरानी गर्न, केस इन्भेस्टिगेसन, कन्ट्याक्ट ट्रेसिङ, स्क्रिनिङ, हेल्थ डेस्क, उपचार र संचार गतिविधिहरु सम्बन्धित स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्यवमा उनीहरुले कार्य  संचालन गर्नेछन्। यस्तै, जनस्वास्थ्य निरीक्षकले जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन, जनचेतनामुलक गतिविधि संचालन, जनस्वास्थ्य मापदण्डबारे जानकारी तथा परामर्श, सरकारबाट जारी मापदण्ड पालना नगर्ने व्यक्ति तथा संस्थाहरुको सूची तयार गरी कारबाहीका लागि सिफारिस गर्ने, जोखिम स्थानको पहिचानका लागि सूचना संकलन र विश्लेषणात्मक प्रतिवेदन जिल्ला कोभिड व्यवस्थापन समितिमा पेश गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।

कार्य सञ्चालन विधि कस्तो हुनेछ ?

जनस्वास्थ्य निरीक्षकले तोकिएको अधिकारीको प्रत्यक्ष सुपरीवेक्षण र स्वास्थ्य कार्यलय प्रमुख र स्थानीय तहका स्वास्थ्य संयोजकको समन्वयमा कार्य गर्नुपर्नेछ ।  त्यसैगरी जनचेतना अभिवृद्धिका लागि विभिन्न निकायसंग समन्वय गर्ने,  हरेक हप्ता तोकिएको अधिकारीलाई रिपोर्ट बुझाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

Previous Post

विमानस्थलबाट २ करोड बढीको सुनको गहना बरामद, जनकपुरका मुरारी पक्राउ

Next Post

कक्षा १२ को परीक्षा आजदेखि शुरु, होमसेन्टरमै परीक्षा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर