TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

वीरगन्ज आइपुग्यो निजी भारतीय कार्गो रेल, १२ वर्षदेखिको माग पूरा


वीरगन्ज आइपुग्यो निजी भारतीय कार्गो रेल, १२ वर्षदेखिको माग पूरा

रेल सम्झौता संशोधनपछि पहिलोपटक नेपालमा निजी कार्गो रेल आइपुगेको छ । आज भारतबाट सामान बोकेर वीरगन्जमा भारतीय निजी रेल आइपुगेको हो ।

कोलकाताको हल्दिया पोर्टबाट सोमबार हिँडेको रेल आज बिहान ९ बजे वीरगन्ज आइपुगेको हो । योभन्दा अघिसम्म भारतको सरकारी तथा संस्थानका रेल मात्रै नेपाल आउने गरेका थिए । हिन्द टर्मिनल प्रालिको एक र्याकको कार्गो रेल ९० वटा कन्टेनर बोकेर नेपाल आइपुगेको हो । असार २५ गते नेपाल–भारतबीच विद्यमान रेलसेवा सम्झौतामा संशोधनको लागि नेपाल–भारत एलओई ९लेटर अफ एक्स्चेन्ज० सम्पन्न भएपछि निजी कार्गो रेल नेपाल ल्याउने बाटो खुलेको थियो । सन् २००४ मा भएको नेपाल–भारत रेलसेवा सम्झौता संशोधनको लागि नेपालले सन् २००९ देखि माग राख्दै आएको थियो ।

यो वर्ष सम्झौता संशोधनमा भारत सहमत भएपछि निजी क्षेत्रको कार्गो रेल नेपाल आएको हो । सम्झौता संशोधनसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतमा रेल सेवा उपलब्ध गराइरहेका सबै अनुमतिप्राप्त कार्गो रेल अपरेटरहरुले अब नेपालको पारवहनका लागि हुने ढुवानीका सेवा दिन सक्नेछन् । भारतीय रेल सेवामा सञ्चालनमा ल्याउनका लागि अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर तथा वागनहरु नेपालको लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिनेछ । त्यस्तै निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपालमा लक्षित ढुवानी हुनेछ ।

अब नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगन्ज र विराटनगरदेखि कोलकाता, हल्दियासम्म रेल सेवा दिन सक्नेछ । आज आइपुगेको कार्गो यसैको उदाहरण हो । साथै नेपालले अहिले वीरगन्जसम्म रेलसेवा उपलब्ध भएकोमा विराटनर भैरहवा, इनरुवामा रेल पूर्वाधार तयार भएपश्चात् रेल सेवा उपलब्ध गराउन माग गरेको थियो । नेपाल–भारत पारवहन सन्धिमा व्यवस्था भएअनुसार अन्य पारवहन विन्दुमा तथा द्विपक्षीय व्यापार नाकाहरुमा सहमतिका आधारमा रेल सेवा विस्तार हुँदै जाने उल्लेख छ ।

Previous Post

कक्षा १२ को परीक्षा आजदेखि शुरु, होमसेन्टरमै परीक्षा

Next Post

कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर