पर्सामा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
पर्सागढी नगरपालिका वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
सन्दीप दासको ठाउँमा २० वर्षीय रामचन्द्र दास परीक्षा दिन आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। परीक्षा हलमा रामचन्द्रलाई अरू विद्यार्थीले नचिनेपछि प्रहरीलाई खबर भएको थियो।
बुधबारदेखि कक्षा १२ को परीक्षा सुरू भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !