TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सीके राउतको पार्टीका कार्यकारिणी सदस्यले जागिरबाट राजीनामा दिनुपर्ने


सीके राउतको पार्टीका कार्यकारिणी सदस्यले जागिरबाट राजीनामा दिनुपर्ने

सीके राउत नेतृत्वको जनमत पार्टीले कर्मचारी वर्गलाई केन्द्रीय कार्यकारिणी समितिमा नराख्ने भएको छ । जागिरे नेतालाई राजीनामा दिन वा आगामी निर्वाचनसम्म बिदामा बस्न निर्देशन दिइएको छ । जनकपुरमा तीन दिनसम्म बसेको केन्द्रीय समितिको विस्तारित बैठकले जागिरदार रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई असोज २६ गतेभित्र राजीनामा दिन निर्देशन दिएको हो ।

बैठकले गरेको निर्णयमा भनिएको छ, ‘जागिरमा रहेका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरुले २०७८ आश्विन २१ गतेभित्र सके राजीनामा दिई वा कम्तीमा आगामी निर्वाचनसम्म आफ्नो जागिरबाट बिदा लिइ आफ्नो जिल्ला वा केन्द्रीय सचिवालय वा निर्देशन अनुसार फिल्डमा काम गर्नुपर्ने हुन्छ ।’सो पार्टीको केन्द्रीय कार्यकारिणी समिति १५ सदस्यीय छन् । तीमध्ये ३ जना जागिरे छन् । केन्द्रीय कार्यकारिणी सदस्यद्वय नरेन्द्र चौधरी र दीपककुमार साह इन्जिनियर हुन् भने सुरेन्द्र यादव कतारमा जागिरे छन् ।पार्टीको निर्णयपछि दीपककुमार साहले भने, ‘पार्टीले निर्णय गरिसकेको छ, जागिरबाट राजीनामा दिन्छौं ।’जागिरका कारण बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय पार्टीका काममा दिन नसकिने भएकाले नै पार्टीले यस्तो निर्णय गरेको हुनसक्ने उनले बताए । स्वतन्त्र मधेसका लागि अभियान सुरु भएदेखि आफू सक्रिय भएर लागेको बताउँदै उनले अब जागिर छाडेर पार्टीको काममा समर्पित हुने बताए । उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष नै लाखौं रुपैयाँको जागिर छाडेर मधेसको अधिकार र पहिचानका लागि लड्न आउनु भएको छ भने त्यसको अनुशरण अरुले पनि गर्नुपर्छ ।’ पार्टीका महासचिव चन्दन सिंहले जागिर छाड्न लगाएकाहरुको जीविका कसरी चल्छ भन्ने जिज्ञासामा यसबारे पार्टीले पछि निर्णय गर्ने जानकारी दिए ।

‘अहिले १०–५ को जागिर नगर्न भनेको हो,’ उनले भने, ‘यसका लागि राजीनामा दिने वा बिदा लिने भन्ने विकल्प छँदैछ । यसबारेमा पार्टीले थप निर्णय गर्छ, त्यसका लागि छलफल भइरहेको छ ।’ समाज परिवर्तनका लागि केही त्याग गर्नुपर्ने भएकाले त्यसको सुरुवात गरिएको उनको भनाइ छ ।

पार्टीलाई धम्की दिन नपाउने

जनमत पार्टीले पार्टीमा कडा अनुशासन कायम गरिएको छ । कसैले पार्टीलाई ब्ल्याकमेलिङ गर्नका लागि राजीनामा दिने धम्की दिएमा त्यसलाई राजीनामा सरह नै मानिने निर्णय गरेको छ । पार्टीमा कसैलाई कुनै कुराको चित्त नबुझेर राजीनामा दिने धम्की दिएमा राजीनामा दिएसरह मानिने पार्टीको निर्णयमा उल्लेख छ । पार्टीको निर्णयमा भनिएको छ, ‘पार्टीसँग ब्ल्याकमेल गर्ने वा बदनाम गर्ने नियतले सार्वजनिक रुपले राजीनामा दिने धम्की दिएमा त्यसलाई राजीनामा सरह मानिनेछ र सो कुनै तहको भएता पनि भविष्यमा कुनै महत्त्वपूर्ण जिम्मेवारी, पद वा सांगठनिक लाभ लिन नसकिने गरी निज सदस्यहरुलाई ब्ल्याकलिस्ट गरिनेछ ।’ आफूले पूर्ण जिम्मेवारी लिइसकेको काम केन्द्रीय समिति सदस्य, विशेष समिति, विभाग, जनवर्गीय तथा भ्रातृ संगठनका प्रमुख पदाधिकारीहरुले सो काम पूरा गरेको नदेखिएमा त्यसको छानबिन गरिने र आवश्यक कदम चालिने जनाइएको छ । केन्द्रीय सदस्यहरुलाई गाउँपालिका अधिवेशनको जिम्मेवारी मिति तोकेरै पठाइनेछ र सो जिम्मेवारी जसरी पनि पूरा गरेर आउनुपर्ने पार्टीको निर्णयमा उल्लेख छ । सो पूरा गरे÷नगरे अनुसार केन्द्रीय सदस्यहरुको मूल्याङ्कन रेकर्ड राखिने र सोही अनुसार भविष्यमा जिम्मेवारी तथा आवश्यक निर्णय गरिने जनाइएको छ ।

बैठक सुनिश्चित

हरेक तहको कार्यकारिणी समिति बैठक पनि तय भएको छ । कुन तहको बैठक कहिले र कहाँ बस्ने भन्नेबारे पार्टीको निर्देशिकामै उल्लेख गरिएको छ । तोकिएको समयमा बैठक अनिवार्य बस्नुपर्ने भनिएको छ । यसरी बैठकको बारेमा निर्देशिकाले नै निर्देश गरिसकेपछि तोकिएको समयमा बैठक बस्नुपर्ने र सम्बन्धित सबैको सहभागिता अनिवार्य गर्ने उद्देश्यले कार्यतालिका तय गरिएको जनाइएको छ । केन्द्रीय कार्यकारिणी पदाधिकारी तथा जिल्ला कार्यकारिणी पदाधिकारीको बैठक हरेक आइतबार, जिल्ला कार्यकारिणी समितिको विस्तारित बैठक हरेक महिनाको पहिलो सोमबार, पालिका कार्यकारिणी समिति बैठक हरेक महिनाको पहिलो मंगलबार र वडा कार्यकारिणी समिति बैठक हरेक महिनाको पहिलो बुधबार बस्ने निर्देशिकामा उल्लेख छ । बैठकहरू अत्यन्त विशेष परिस्थिति वा केन्द्रीय सचिवालयको निर्देशबाहेक अनिवार्य बस्नुपर्ने हुन्छ । त्यसबाहेक पनि आवश्यकता अनुसार बैठक सम्बन्धित समितिले नै निर्णय गरेर राख्न सक्नेछ, तर सो बैठकबारे स्पष्ट जानकारी सम्बन्धित सबैलाई उचित समयावधि अगावै सूचना दिनुपर्ने जनाइएको छ ।

Previous Post

धनुषामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

Next Post

आरकेस्ट्रामा नाच्न आएका भारतीय कलाकार प्रहरीकोफन्दामा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर